Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धादिङबेसीमा फिल्म हल खोलिने

फिल्मीखबर, काठमाण्डौ, 2012/05/01

राजधानीमा रहेका सिमित सुविधा सम्पन्न हलको जस्तै स्वाद अब धादिङबेसीका दर्शकले पनि पाउने भएका छन् । राजधानी बाहिर बुटवलमा अत्याधुनिक मल्टिप्लेक्स बनिरहेको अवस्थामा धादिङको बजारमा पनि सुविधा सम्पन्न सिङग्ल स्क्रिनको हल बन्न लागेको हो ।

 

तीन रोपनी जग्गामा विना बालकोनी तीन सय सिट क्षमताको हल खोल्ने कार्यको लागि अहिले डिजाईन कार्य भैईरहेको छ । जहाँ २० वटा क्याविन पनि अत्याधुनिक शैलीमा बनाईने तयारी गरिएको छ । 'धादिङका दर्शकहरूलाई फिल्म हेर्न समस्या रहेछ त्यसैले तीन जना साथीसंग मिलेर मैले हल खोल्ने निर्णय गरेको हुँ', दुलही रानी, विरासत र आउदो शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म सम्झीराख हैको कलाकार जेके शर्माले जानकारी गराए ।  

हलका लागि एक करोड बजेट छुट्टाएको बताउँदै जेकेले भने, 'सौखले यो पेशामा आएकाले फिल्मको भुत चढेको छ त्यसैले धादिङमा हल खोल्न लागेको हुँ ।' दुई वटा फिल्म रिलिज भईसके पनि कलाकारिताको पक्षबाट खासै क्ल्कि नभएका उनले आगामी दिनमा सशक्त निर्माता भएर फिल्म उधोगमा छाप छाड्ने उद्देश्य सहित दीर्घकालिन पेशाको अर्को पाटोको  रूपमा हल खोल्न लागेको बताए । उनले यो बिषयमा भने, 'दुई वटा फिल्ममा कलाकार भएर खेलियो खासै उपलब्धी देखिन तर सम्झीराख हैको काममा भने मैले क्रिटिक्सलाई कमेन्ट गर्ने ठाँउ दिएको छु जस्तो लाग्दैन । तर पनि विजनेस भनेको बिजनेस हो त्यसैले हल खोल्न लागेको हुँ ।'


धादिङमा केही महिना अघि पनि एक ग्रुपले हल खोल्ने तयारी गरेको थियो तर सो प्रोजेक्ट स्थिगित भएपछी जेकेले हल खोल्ने तयारी गरेका हुन् । जहाँ सम्पूर्ण सुविधा भए पनि टिकट दर एक सय मात्र राखिने उनले जानकारी गराए ।