मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङका लागि पूर्वको गन्तव्य

गिरीराज भट्टराई, दमक, 2012/05/01

केहि बर्ष अघि देखि मात्र चर्चामा आएको पर्यटकिय स्थल जामुनखाडीमा पनि काठमाण्डौबाट फिल्मको सुटिङको लागि कलाकारहरु आउन थालेका छन् । यहि क्रममा निर्माणाधिन फिल्म 'प्ले गर्ल' को सुटिङ पनि जामुनखाडीमा गरिएको छ । हुन त पुर्वमा सुटिङको लागि आएको यो मात्र पहिलो फिल्म त हैन तर जामुनखाडीमा भने यो सुटिङ पहलो नै हुनसक्छ । फेरी प्राय नेपाली फिल्महरु सुटिङको लागि पोखरा, काठमाण्डौ या चितवन धाउने गर्छन् तर पुर्वमा पनि यति सुन्दर ठाउँको खोजि गर्दै आउनुलाई पुर्वाञ्चलबासीले गौरब गर्नुपर्छ ।


निर्देशक बिजय बिक्रम बस्नेतले आफ्नो 'प्ले गर्ल' को ८० प्रतिशत सुटिङ पुर्वमा सकिएको बताएका छन् । उनले पुर्वको इलाम, जामुनखाडी र धरानमा फिल्मको सुटिङ गरिएको बताए । पुर्वमा लोकेसन एकदमै राम्रो भएको र आफ्नो फिल्मको कथाको डिमाण्ड नै पुर्व भएकोले यहाँसम्म आउनु परेको उनि बताउँछन् । 'फेरी पुर्वमा जति पनि फिल्म बने प्राय सबै हिट पनि त भएका छन् नि !’ भन्दै निर्माता बिजय आफ्नो बन्न लागेको फिल्म ‘प्ले गर्ल’ पनि हिट हुने दाबि गर्छन् ।

 

नायिका पेश्ला कटुवाल पनि आफु पहिलो पटक पुर्व आएको तर यहाँको लोकेसन एकदमै धेरै मन परेको बताउँदै भन्छिन्, ‘पहिला त निर्देकले फिल्मको सुटिङ पुर्वमा गर्ने भन्दा किन त्यति टाढा र प्राय फिल्म सुटिङ नहुने ठाउँ जानुपर्‍यो भन्थे तर यहाँ आएपछि थाहा भयो यहाँको विषेशता ।’ नायकहरु यदुसुदन कूवँर र केवल भुजेल पनि यताको लोकेसनमा काम गर्न पाउँदा आफुलाई एकदमै सन्तुष्टी मिलेको बताउँछन् ।


काठमाण्डौ बाहिरको पोखरा र सौराहालाई छोडेर अन्त हेर्ने हो भने पुर्व नै फिल्म सुटिङको लागि उपयुक्त ठाउँ हुने कुरा बताउँछन् नायक जीवन लुईंटेल । ‘यत्ति हो पोखरामा हिमाल, पहाड, मैदान र फाँट एकै ठाउँमा छ र सौंराहाको छुट्टै आफ्नै बिषेशता भएकोले मात्र नभए फिल्म सुटिङको लागि पुर्व एकदमै उपयुक्त स्थान हो', जीवन भन्छन्, ‘भेडेटारको नागबेली बाटो नेपालमै अन्त कहिँ पाईंदैन ।’ पुर्वमा फिल्म निर्माणको लागि स्टुडियो पनि हुने हो भने फिल्म बनाउन काठमाण्डौ पुग्नै नपर्ने नायक जीवनको दावि छ । यि पुर्वेली हेण्डसमले ईलामको चियाबारी देखि झापाका बयालगाडिको सिन र बिराटनगरका रिक्साहरुको सिनमा सुटिङ गर्ने हो भने वास्तविक नेपालको दृष्य झल्कने र फिल्मलाई सबै नेपालीले मन पराउने पनि दावि गर्छन् ।


यस अघि पनि केहि नेपाली फिल्महरु पुर्वमा सुटिङ भएका थिए । र, ति फिल्मले राम्रो सफलता पनि हात पार्न सफल भए । त्यसैले हुन सक्छ अहिले बनिन थालेको फिल्महरु पनि सुटिङको लागि पुर्व आउन थालेका छन् । आफ्नै गाउँ ठाउँमा सुटिङ गर्न आउने निर्माता निर्देशकलाई पुर्वेली दर्शकले निराश पनि पारेका छैनन् । त्यसैले आगामी दिनमा पनि पुर्व फिल्म सुटिङको लागि राम्रो गन्तब्य हुन सक्नेछ भन्ने संकेत गर्न सकिन्छ ।