
यस अघि फार मुभिजको ब्यानरमा अन्दाज निर्माण गरेका आफ्ना को-पार्टनर उज्जवल घिमिरे र अशोक शर्मासंग मिलेर छवि ओझाले पुन : 'मापसे' भन्ने फिल्म बनाउदैछन् जसको कथा राजनीति केन्द्रित रहने छ । 'पूर्ण रुपमा मल्टिप्लेक्सका दर्शक टार्गेट गरेर जेठको अन्तिम हप्ता देखि यो फिल्म बनाउदैछौ जहाँ सम्पूर्ण कलाकार नयाँ हुनेछन्', छविले भने ।
मापसेलाई उज्जवल घिमिरेले निर्देशन गर्ने छन् । आईतबार निर्देशक समाजको कार्यालयमा अंगालो हालेर नयाँ प्रोजेक्टको बारेमा छविले भन्दै थिए, 'हाम्रो फिल्म सधै चलेको छ । २५ रुपैया तिरेर हेरेको फिल्मले लगानी उठ्उनु चानचुने कुरा हैन तर ४०० तिरेर पनि हेर्ने दर्शक हामीसंग छन् भन्ने प्रमाण देखाउन मापसे बनाउन लागेका हौ ।' फिल्ममा अभिनय गर्ने अधिकांश कलाकार थिएटरका हुने निर्माण पक्षको भनाई छ ।
यस्तै छबिले जेष्ठ महिनामै आफ्नो गुण फिल्म्स र रेखा फिल्म्स मध्ये कुनै एक व्यानरबाट नयाँ प्रोजेक्टको थालनी गर्नेछन् । आफैले डेब्यू गराएका निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्ने सो फिल्मको कलाकारको छनोट हुँदैछ । एक साता भित्रमा कलाकारको टुंगो लाग्ने निर्देशक श्रेष्ठको भनाई छ । यसपटक छबिले मेकिङमा केहि नयाँ पन ल्याउने समेत बुझिएको छ । टाईटल फाईनल नगरिएको सो फिल्मको कथा सुवाससिंह बस्न्यातले लेखेका हुन् ।
छबिले निर्माण गर्न लागेका यि दुबै फिल्ममा रेखा थापालाई देख्न पाईन्छ या पाईदैन सबैको चासोको बिषय बनेको छ । समयले कोल्टे फेर्दै गएपछि अहिले यि दुईको सम्बन्धले ३६ को आँकडा बनाएपछी समग्र फिल्म उद्योग पनि स्तब्ध बनेको छ । हरेक फिल्मी माहोल होस वा जमघट अहिले यि दुईको सम्बन्धको चर्चा चिया गफ देखि वियर गफ सम्म घन्टौ चल्ने गरेको छ । एक चर्चित प्रोड्यूसरले यो बिषयमा भने 'कलाकारमा रेखा नम्बर वान प्रोड्युसरमा छवि त्यसैले यस्तो सफलता थोरै मान्छेको घरमा मात्र हुन्छ तसर्थ अलिग्गदा दुवैलाई ठूलो घाटा हुनु हो ।'