Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

लण्डनमा महानायकको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2012/04/30

नेपाली फिल्म उधोगका हस्ती महानायक राजेश हमाललाई लन्डनमा सम्मान गरिएको छ । इभेन्ट्स एण्ड आईडियाज प्रोडक्सनको आयोजनामा राजेश हमालको साथ एक साँझ नामक कार्यक्रममा उनलाई बिशेष सम्मान दिईएको हो ।
 

साँस्कृतिक कार्यक्रममा सहभागी हुन केहि साता अघि युके प्रस्थान गरेका हमालले कार्यक्रममा बोल्दै नयाँ बर्षको शुभकामना दिंदै यस पटकको युके भ्रमण बिशेष रहेको बताए । यसअघि थुप्रै पटक युके पुगेको बताउँदै हमालले ठट्याउली पारामा सुन्दरीहरूको माझमा बस्न पाउँदा रमाईलो लागेको बताए । साथमा उनले 'साथीहरूको लागि यो हात सलाम छ दुस्मनको लागि यो हात फलाम छ', 'सज्जनको लागि नायक दुर्जनको लागि खलनायक, दुस्मनको नाम रामनाम सत्य छ अन्यायमा न्याय दिन नारायण दाई आउँदैछ' जस्ता डाईलग सुनाएका थिए । साथमा उनले कविता सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

 

यस्तै कार्यक्रममा बिहेको बारेमा उठेको प्रसङ्गमा राजेशले भनेका थिए, 'मैले अल्लि चाँडो रोजेछु कि क्या हो ।' उनले यहाँ यति राम्रा सुन्दरीहरू रहेछन् भन्दै दर्शकलाई हसाउँदै समयले साथ दिए यसै बर्ष भित्र बिहे गर्ने बताए । कार्यक्रममा हमालले आफूले अभिनय गरेको फिल्मका गीतहरूमा दर्शकहरूसँग कम्मर मर्काई मर्काई नाचेका थिए । यस्तै कार्यक्रममा राजेशले युके मिस नेपालहरूसँग केहि बेर भलाकुसारी समेत गरेका थिए । महानायक एक महिने भ्रमण सकेर मे दुई तारिखका नेपाल फर्कदै छन् ।

 

नायक ध्रुब दत्तले संयोजन गरेको सो कार्यक्रमको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला -

Rajesh Hamal In UK (Mahanayak Rajesh Hamal Sanga Ko Ek Sanjh)