मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

`हाईवे` ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/04/29

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षका कथाहरूमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म 'हाईवे' ले आफ्नो पब्लिसिटीलाई तिब्रता दिएको छ । सञ्चारमाध्यमा फिल्मका बारेमा जानकारी दिईरहेको युनिटले शुक्रबारबाट देशका अधिकांश हलमा फिल्मको ट्रेलर रिलिज गरेको छ ।

 

जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा  प्रिमियर गरिएको फिल्म 'हाईवे' असार १ गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुनेछ । राजमार्ग तथा समाजका विभिन्न पाँच क्षेत्रमा देखिएका समस्यालाई यथार्थ रूपले चित्रण गरिएको फिल्मलाई दिपक रौनियारले निर्देशन गरेका हुन् । आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले फिल्मलाई निर्माण गरेका हुन् ।

 

सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र  मिश्र अभिनित हाईवेलाई नरेन्द्र महर्जनले वितरण गर्दैछन् ।

 

हाईवेको हल ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् - Highway Theatrical Teaser