मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आजिवन सदस्यले नै दिन पाएनन् भोट

फिल्मीखबर, काठमाण्डौ, 2012/04/29

अध्यक्षको कुर्सीबाट हट्ने समय आएपछी सायद केपी पाठकको मन मस्तिष्कले काम गर्न छाडेको हुनुपर्छ त्यसैले त उनले आफ्ना कर्मचारीको काम कारबाहि प्रति अन्तिम समयमा ध्यान नदिदा चुनावी माहोलमा तनाव झेल्नु पर्‍यो । जो निर्देशक समाजको एकमात्र  आजिवन सदस्य हुन् उनले नै समाजको निर्वाचनमा भाग लिन नपाउदा एक भोट पाठकका कारण गुम्न पुग्यो ।

 

 

पाठकले निर्देशक रवि अर्यालको नाम मतदाता नामावलीमा टिपाउन विर्सेछन् जसकारण मदतानका लागि दौडेर आएका अर्याल निराश मुद्रामा फर्कनु परेपछी उनी आईन्दा देखि समाजको कार्यालयमा नटेक्नै भन्दै मुर्मुरिए । समाज परिसरमा केपी र अर्यालको केही समय भनाभन पनि भएको थियो ।  हामी साथी भाई, पूर्णिमा, मेरी आमा र स्विकार जस्ता फिल्म बनाएका अर्यालले हाल डाक्टर खाते भन्ने फिल्म बनाईरहेका छन् ।

अर्याल मात्र हैन समाजको सदस्यता नविकरण गरिसकेका निर्देशक ओम प्रतिक र सानु शाक्यले पनि मतदानमा भाग लिन पाएनन् । अत्यन्त फितलो रहेको समाजको प्रशासन पक्षको कर्मचारीको सानो लापरबाहीले प्रतिक र सानुले पनि भोट खसाल्न नपाएका हुन् जुन बिषयले चुनावी माहोलमा केपीको टाउको निकै नराम्ररी दुखेको थियो । यदि प्रतिक र सानुले मतदानमा भाग लिन पाएका भए दुई अध्यक्षका लागि भएको जुहारी ड्र हुन सक्ने आंकलन पनि काटिएको थियो ।

 

 

तर, समाजको सानो लापरबाहीले मतदानमा तीन निर्देशकले भोट खसाल्न पाएनन् र मतको पोको  विमल पौडेलको पोल्टोमा पर्दा केपी झनै निरास देखिन्थे । किनकी केपी बिमलको बिपक्षी हुन् र यि दुईको बेलाबेलामा ठाकठुक पनि भईरहन्थ्यो ।