मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

सर्लाहीमा भेटियो प्ले गर्ल

प्रदिप कार्की, सर्लाही, 2012/04/29

सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको सर्लाही र रौतहट जोड्ने चाइनिज पुलमा शनिवार विहानै देखि चहल पहल देखियो । चहल पहल थियो पुर्वको इलाम, झापा तथा सुनसरीको धरानमा छायांकन सकेर आइपुगेको फिल्म प्ले गर्ल युनिटको ।

 

यसै फिल्मवाट मुख्य भूमिकामा देखिएकी नायिका पेश्ला कटुवाल तथा नायक यदुसुदन कुवँर मायामा कसिएर बाँधिएका थिए । पछिल्लो समय सर्लाहीमा फिल्मको छायांकन क्रम बढि रहेको छ यसै क्रममा नमस्ते, हात लाग्यो शुन्य जस्ता फिल्मको निर्देशन गरि सकेका विजय विक्रम वस्नेतले 'तिम्रो रुपको रंग..' वोलको गीतको केहि अंशको छायाँकन गराएका हुन् । यस फिल्ममा छोराछोरी कसरी बावुआमाको मायाले पुल्पुलिएर विग्रन्छन् भन्ने कुरा देखाउन खोजिएको निर्देशक वस्नेतले वताए ।

 

३० जनाको संख्यामा रहेको प्ले गर्ल युनिट आइतबार विहानै काठमाण्डौ हिडिसकेको छ । काठमाण्डौमा फिल्मको दुई फाइट र केहि दृश्य सकेर साउनमा नै प्ले गर्ललाई दर्शक सामु ल्याउने निर्माता तथा लेखक समिर कुमार खड्काले वताए । स्थानिय रेडियो सामुदायिक रेडियोमा बोल्दै नायिका पेश्ला कटुवाले फिल्ममा केटाहरुलाई माया दर्शाउने र आश्यकता पुरा भए पछि विचमै छाडि जाने भुमिका रहेको बताईन् । युनिटले स्थानिय सञ्चारकर्मीलाइ भेटेर फिल्मको वारेमा जानकारी गराएको थियो ।