मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अञ्जुको बदनाम गरिंदै

फिल्मीखबर, काठमाण्डौ, 2012/04/29

पार्श्वगायिका अञ्जु पन्तलाई बदनाम गर्ने हिसाबले गलत समाचारहरू बाहिर आएको छ । अञ्जुको नाम जोड्दै भारतिय एक जोडीको अधर चुम्बन तस्विर सामजिक सञ्जाल फेसबुक र केहि अन्य अनलाईनहरूमा छ्यापछ्याप्ती भएपछि सम्पूर्ण फिल्म क्षेत्रले सो समाचार प्रति खेद प्रकट गरेको छ ।

 

हिजो देखिनै प्रस्तुत तस्विरमा रहेकी एक महिलालाई अञ्जु पन्त भनि गलत प्रचार गरि उनको बदनाम गर्ने काम गरिएको थियो । बिशेषगरी आज आईतवार दिनभर नै यो बिषयले ज्यादै ठूलो स्थान पायो । यसरी आफ्नो नाममा गलत समाचार र तस्विर प्रकाशित गरिदिए पछि गायिका पन्त दिनभर तनावमा रहिन् । उनले आफ्नो चरित्र हत्या गर्न खोजेको समेत बताईन् ।

 

नाकमा लगाएको नथिया र हातको औठींको भरमा सम्मानित गायिकाको बदनाम हुने गरि आएको यो समाचारले सम्पूर्ण सिने जगतलाई दुखित समेत बनाएको छ । यसरी नेपाली फिल्म जगतको बदनाम गर्ने खोज्नेहरू प्रति र यस्ता भ्रमात्मक समाचारहरू प्रति फिल्मीखबर डटकम पनि खेद प्रकट गर्दछ । सम्बन्धित तस्विर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

 

http://auntydengulata2.blogspot.com/2011/01/hot-desi-sexy-girls-with-her-boy.html