मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा तुलसीको भब्य रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/04/29

मेकिङको हिसावले तेस्रो र रिलिजको हिसावले चौथो रहेको शंकर घिमिरे निर्देशित तुलसी फिल्म अमेरिकाका २२ चर्चित शहरमा रिलिज हुने भएको छ । निर्देशक घिमिरेले दिएको जानकारी अनुसार नेपाल प्रिमियर अघि सो फिल्मको २५ मे देखि (जेठ १२ गते) देखि वासिङटन डिसीमा हुन लागेको नेपलिज समर फेस्टिवलमा चार दिन सम्म प्रदर्शन गरिने छ ।

 

नेपाली समुदाय लक्षित उक्त फेस्टिवलको २५ तारिख देखि २८ सम्म तुलसी प्रदर्शन हुन लागेको हो । ग्लोवल मिडिया तथा प्लानेट थ्री फिल्मसको संयुक्त पहलमा अमेरिकाको बाल्टिमोर, न्यूयोर्क, टेक्सास लगायत २२ चर्चित शहरमा तुलसी प्रदर्शन फाईनल भएको घिमिरेले जानकारी गराए । फिल्म विभिन्न कोणले आफैमा वजनदार भएको दाबी गर्दै निर्देशक घिमिरेले भने, 'म दावीका साथ भन्छु लुट छिटो रिलिज भएर जसरी चर्चा पायो सोही अनुरूप मेरो फिल्मको मेकिङ वजनदार छ जुन डाईलग देखि हरेक पक्षमा मैले यथार्थता प्रयोग गरेको छु । तर पोष्टप्रोडक्सन ढिला भएकाले क्रेडिट अहिले लुट तर्फ जानु स्वाभाविक हो ।'

यस्तै अमेरिकाका २२ शहरका फिल्म हलमै तुलसी रिलिज हुने भएपछी घिमिरेले जुलाईको दोस्रो साता युरोपका १२ शहर लगायतका अन्य मुलुकमा पनि तुलसी रिलिज फाईनल गरिसकेको बताए । 'नेपालको रिलिज डेट फाईनल नभए पनि हामीले विदेशमा रिलिज गर्न लागेका हौ जसमा जुनको अन्तिम साता अष्टेलियाका करिब सात शहर, जुलाईको पहिलो साता क्यानेडामा दुई शो, ईजरायलमा एक शो, जुलाईकै अन्त्यमा जापानमा तीन शो, सेप्टेम्बरमा दक्षिण कोरियाका दुई शहरमा दुई शो, जुन ८ मा कतार र सोही महिनाको अन्त्यमा हङकङ र चाईनामा केही शो हुने छ भने बेलायतमा सेप्टेम्बर पहिलो हप्तादेखि १२ शो फाईनल भएको भएको छ', निर्देशक घिमिरेले जानकारी गराए ।

अधिकांश मुलुकमा भब्य रिलिज हुन लागेको तुलसी किन हेर्ने त भन्ने फिल्मीखबरको प्रश्नमा घिमिरे भन्छन्, 'सेक्स वर्करको कथलाई यथार्थ परक डाईलगमा केन्द्रित गरेर फिल्म बनाएकाले, चर्चित संगीतकार रञ्जित गजमेर कमब्याक भएको फिल्म साथमा भारतीय गायिका आशा भोस्लेले २ गीतमा स्वर भरेको, नेपाली समाजका अझै पनि प्रचलनमा रहेको जातिय छुवाछुत लगायतका विभिन्न कारणले तुलसी फिल्म हरेक नेपालीले हेर्नै पर्ने छ ।' फिल्ममा ऋचा घिमिरेको साथमा बिम्लेष अधिकारी लिड रोलमा छन् ।

 

फिल्मको प्रोमो यस्तो छ...Tulsi first look