मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालगंजमा फूलको च्यारिटी

विष्णु शाही, नेपालगंज, 2012/04/29

आगामी २२ गते एकैसाथ नेपालभर प्रदर्शनमा आउने फिल्म फूलले शनिबार च्यारिटी सो गरी नेपालगंजको एक क्लवलाई आर्थिक सहयोग गरेको छ । बाँकेमा लामो समयदेखी समाजसेवा र खेलकुद विकाशका लागी सक्रिय धम्वोजी क्लवको आयोजनामा नेपालगंजको स्थानिय श्रृष्टि हलमा वेलुकी ६ वजे प्रदर्शन गरिएको थियो ।

 

च्यारिटी सोमा निर्माता चन्द्र (वझा ) श्रेष्ठ, सन्चारकर्मी, व्यावसायी, विधार्थी लगायत तिन सय वढिको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष देवेन्द्र खड्काले च्यारिटीवाट पाएको रकमले धक्वोझी नगर सरसफाई साथै खेलकुदको विकाशमा लगाइने वताए । उनले फूल आफुलाई उत्कृष्ट लागेको वताउदै फिल्मले व्यासायिक सफलता साथै हरेक नेपाली दर्शकले मन पराउने समेत वताए । क्लवका कोषाध्यक्ष सुदिप रानाले च्यारिटीवाट एक लाख वढीको टिकट विक्री गर्न सफल रहेको फिल्मिखवरलाई जानकारी गराए ।

 

एक दशक बढि फिल्म बितरकमा लामो अनुभब बटुलेका चन्द्र (वझा) श्रेष्ठले फिल्मीखबरसँग कुरा गर्दै आफ्नो पहिलो फिल्म हाँस्यप्रधान र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको र फिल्मले व्यासायिक सफलता प्राप्त गर्नेमा आशावादी रहेको वताए । मित्रता सिने मुभिज प्रालिको ब्यानरमा कार्यकारी निर्माता सन्जित कुमार कानु (बब्लु) रहेको फिल्ममा चन्द्र (वझा) श्रेष्ठ, सुनील श्रेष्ठ, यमनाथ दनै र क्रन्दन मास्केको समेत लगानी रहेको छ ।

 

शिब रेग्मीको निर्देशन, हिमाल केसीको द्धन्दनिर्देशन र रेखा पौडेलको संगित रहेको फिल्ममा राज बल्लभ कोइराला, गरिमा पन्त, निरज बराल, नीर शाह, युवराज लामा, राजाराम पौडेल, किरण केसी लगायतको अभिनय रहेको छ ।