यो कुरा सत्य हो चलचित्र निर्माता संघमा काग्रेस निकट ब्यक्तिहरुको हाली मुहाली छ भने चलचित्र निर्देशक समाजमा एकीकृत माओवादी निकटका ब्यक्तिहरु धेरै छन् । तसर्थ आईतबार हुने निर्वाचनका लागि माओवादी समर्थित तीन निर्देशक अध्यक्षका प्रत्यासी उमेदबारका रुपमा देखा परेका छन् । उम्मेदवारी दर्ताका लागि आईतबार १ बजे सम्म समय तोकिएको छ जस अनुरुप शनिबार साँझ सम्म मतादाता नामावली फाईनल भैसकेको छ ।
निर्वाचन समितिका सदस्य प्रदीप उदय, तारा श्रेष्ठ र मदनदास श्रेष्ठको रोहोवरमा हुन लागेको निर्वाचनमा ७७ जनाले भोट खसाल्न पाउने छन् जसमा २० जना मुख्य सहायक निर्देशक रहेका छन् । जसले सदस्यमा उठ्ने सहायक निर्देशकलाई मात्र भोट दिन पाउने ब्यवस्था छ । तर बाँकी ५७ जना निर्देशकको हकमा भने सवैलाई भोट हाल्ने अधिकार दिईएको छ ।
निर्वाचन पश्चातको कार्यसमितिमा एक अध्यक्ष, दुई जना उपाध्यक्ष हुने छन् भने महासचिवमा एक सचिवमा एक कोषध्यक्ष १ र सात सदस्य गरी १४ सदस्य निर्वाचनबाट आउने पदाधिकारी हुने छन् जसमा निवर्तमान अध्यक्षको रुपमा केपी पाठकलाई पनि समावेश गरी १५ सदस्य कार्यसमिति बनाईने छ । 'हरेक तबरबाट विवाद रहित ढङ्गमा निर्वाचन सक्नु हो त्यसैले निस्पक्ष भएर निर्वाचन सम्पन्ने गर्ने तयारी गरेका छौ', निर्वाचन अधिकृत प्रदीप उदले भने ।
यो पटकको निर्वाचनमा माओवादी निकट तीन चलचित्रकर्मी उदय सुब्बा, दीपक श्रेष्ठ र विमल पौडेल अध्यक्ष पदमा उठ्ने करिब फाईनल भैसकेको छ । तर दीपक श्रेष्ठको हकमा विना राजनीती निर्विरोध भएको खण्डमा अध्यक्ष पद खाने उनको तर्क बाहिरिएको छ । यो बिषयमा उनले डिप्लोमेटिक ढङ्गमा भने, 'भोट माग्दै गुटबन्दी बनाएर म हिड्दीन किनकी राजनीति गरेर मैले जित्नु छैन ।' यस्तै उपाध्यक्षमा तीन जनाको नाम बाहिरिएको छ । जसमा शोभित बस्नेत, प्रमोद भण्डारी र बिजय रत्न तुलाधार रहेका छन् । तर उम्मेदवारी दर्ताको समय आईतबार एक बजे सम्म तोकिएकाले यो पदमा उम्मेदवारी थपघट हुने प्रवल सम्भावना छ ।
करिब डेढ सयको संख्यामा रहेका सदस्यहरु मध्ये आधाले मात्र आफ्नो सदस्यता नविकरण गरेकाले पछिल्लो पटकको निर्वाचन भन्दा यो पटक तीन जना मतदाता घटेका छन् । यस्तै शुक्रबार साँझ फिल्मीखबरमा प्रकाशित समाचारको प्रभावले शनिबार ३० जना निर्देशकहरुले आफ्नो सदस्यता नविकरण गरी निवार्चनमा सहभागीता जनाउने निर्णय गरेका छन् । तर अन्तिम समयमा निर शाहले नविकरण गर्न आफू निकट चलचित्रकर्मी पठाए पनि उनको सदस्यता नविकरण भएन । यस्तै शुक्रबार फिल्मीखबरलाई दिएको डाटामा प्रशन्न पौडेललको हकमा सुचना गलत भएको निर्देशक समाजले जनाएको छ ।
यो बिषयमा सदस्य प्रमोद भण्डारीले भने. 'कम्युटर टाईप गर्नेले गलत लेख्दा प्रशन्न जीको सदस्यता खारेज भएको भन्ने खबर बाहिरियो तर उहाँको सदस्यता यस अघि नै नविकरण भैसकेको रहेछ ।' विल बुक अनुसार प्रशन्नले गत बर्षको साउन महिनामा सदस्ता नविकरण गरेको देखिएको छ । जसकारण उनले मतदानमा भाग लिन पाउने छन् । यस अघि समाजले निर्देशक तुलसी घिमिरे, आलोक नेम्वाङ र ८ बर्ष देखि प्रशन्नको सदस्यता नविकरण नभएको भनी उनीहरुको सदस्यता खारेज गरेको जनाएको थियो । जसमा प्रसन्नको हकमा गल्ति भएको समाजले स्वीकारेको हो ।