मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्सको राजश्व छली

फिल्मीखबर, काठमाण्डौ, 2012/04/28

मुलुककै ठूलो भनिएको फिल्म हल क्यूएफएक्स सिनेमाजले राजश्व छली गरेको फिल्मीखबरले पत्ता लगाएको छ । शुक्रबारको डेटमा कुमारी-१ मा फिल्म हेर्न पुगेका दर्शक प्रदिप भट्टले काटेको दुई टिकट मध्ये एउटामा कुनै पनि रकम खुलाईएको छैन भने अर्कोमा भ्याट सहितको रकम खुलाईएको छ ।

 

काटिएको एक टिकटमा अंग्रेजी फिल्म टाईटानिकको थ्रीडी भर्सजन हेर्नका लागि कुमारी १ मा चलचित्र विकास बोर्डको १५ % विकास शुल्क र १३ % भ्याट सहित रू ३४० तिरिएको छ भने अर्कोमा कुनै पनि रकम उल्लेख गरिएको छैन । यसरी हेर्दा प्रस्ट के बुझिन्छ भने क्यूएफएक्सले राजश्व छली गरिरहेको छ ।

 

यसबारेमा बुझ्दा चलचित्र विकास बोर्डका सदस्य निरहरी काफ्लेले यस कार्यलाई अबधैनिक भनेका छन् । क्यूएफएक्स सिनेमाजको यो कार्य राजश्व छली भएकोले विकास बोर्डले छानबिन गरेर कारवाही गर्ने सदस्य काफ्लेले बताए । उनले भने, 'कर छली राज्यको ठूलो अपराध हो र यस्तो अपराध हुन नदिन हामी छानबिन गरेर कारवाहीको प्रक्रियामा जानेछौं ।' यस्तै यो अपराधमा राजस्व कार्यालयले पनि छानबिन गरेर कारवाही गर्नुपर्ने काफ्लेको भनाई छ ।

 

फिल्मीखबरसँग कुरा गर्दै काफ्लेले फिल्म क्षेत्रमा फिल्मको समुचित विकास चाहने र अनियमितता र गलत कार्यलाई निरन्तरता दिंने गरि दुई समुह रहेको बताउँदै भने, 'फिल्मको विकास चाहने ९८ % छन् तर ति आर्थिक रूपमा कमजोर छन् र २ % नेपाली फिल्म क्षेत्रलाई धरासायि बनाउने छन् जो आर्थिक रूपमा सबल छन् ।' उनले त्यस्ता व्यक्तिहरूलाई निरूत्साहित पार्नु पर्ने समेत बताउँछन् । यस्तै दर्शक प्रदीप भट्टले भनेका छन् 'मैले तिरेको ट्याक्स खै ? यो मिस्टेक हो कि नियतबस गरिएको ,  प्रश्न क्यूएफएक्सलाई ।'
 

 

 

राजश्व छलि गरिएको टिकट यस्तो छ -