मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

तुलसी घिमिरे, आलोक नेम्बाङ र प्रशन्न पौडेलको सदस्यता खारेज, शैलेस आचार्य उठ्न नपाउने

फरक कोण, काठमाण्डौ, 2012/04/27

यहि आईतबार चलचित्र निर्देशक समाजको आठौँ बार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रम तोकिएको छ तर निर्वाचन हुने दुई दिन अघि सम्म अधिकांश सदस्यले आफ्नो सदस्यता नविकरण नगरेको देखिएको छ । जस मध्ये बरिष्ठ निर्देशक तुलसी घिमिरे, आलोक नेम्वाङ्ग र प्रशन्न पौडेलको पाँच बर्षे नविकरण मिति पार भएकाले उनीहरुको सदस्यता नै खारेज भएको छ ।

 

'तुलसी घिमिरेको ६ बर्ष, आलोकको पाँच र प्रशन्नको ८ बर्ष सम्म सदस्यता नविकरण नभएकाले विद्यान बमोजिम स्वतः सदस्यता खारेज भएको छ र उहाँहरु मदतानमा  सहभागी हुन पाउनु हुने छैन', चुनावको बाताबरणमा शुक्रबार समाजको कार्यालयमा अध्यक्ष केपी पाठकले फिल्मीखबर समक्ष भने । यस्तै सुवर्ण थापाको पनि पाँच बर्षे नविकरण नगरेका कारण सदस्यता खारेज भएको छ ।

यसैगरि चलचित्र बिकास बोर्डमा अध्यक्ष समेत भईसकेका निर्देशक शैलेस आचार्य समाजको नयाँ कार्यकालका लागि अध्यक्ष पदमा उठ्न पाउने छैनन् । किनकी आचार्यले फिल्मी करिअरमै समाजको सदस्यता अहिले सम्म लिएका छैनन् । र, यदि उनले सदस्यता लिन चाहेमा पनि समय सकिईसकेको छ । किनकी समाजका महासचिव उदय सुब्बाले जारी गरेको विज्ञप्तीमा गत बैशाख दश गते सम्म मात्र नयाँ सदस्य बन्न पाउने समय तालिका जारी गरिएको थियो । जसकारण निर्वाचन नसकिउन्जेल सम्म नयाँ सदस्य बन्न नपाईने गरी निर्णय गरिसकिएको छ ।

यस्तै अध्यक्षका सम्भावित अर्का प्रत्यासी द्धय नरेश पौडेलले सदस्यता नविकरण नगरेको दुई बर्ष र आकाश अधिकारीको एक बर्ष देखिएको छ । नविकरणका लागि शुक्रबार साँझ सम्म उनीहरु निर्देशक समाजको कार्यालय पुगेका थिएनन् । यध्यपी सदस्य प्रमोद भण्डारीले शनिबार साँझ सम्म नविकरण सुविधा थपिएको जानकारी दिएका छन् । उनले भने, 'विभिन्न कारणले धेरैले भ्याउनु भएको छैन तसर्थ आईतबार चुनाव भएकाले सदस्यता नविकरणका लागि शनिबार दिनभर कार्यालय खुल्ला राखिने छ ।' त्यस्तै अध्यक्ष पदका लागि उठ्न लागेका निर्देशक दीपक श्रेष्ठले शुक्रबार अपरान्ह मात्र दुई बर्ष सम्म नविकरण नगरेको आफ्नो सदस्यता नविकरण गरेका छन् । 'यसपालि मेरो एजेण्डा सम्पूर्ण चलचित्रकर्मीलाई एक गर्नु रहेको छ तसर्थ म अध्यक्षमा उठ्न लागेको हुँ', दिपकले भने ।

डेढ सयको संख्यामा रहेका सहायक देखि बरिष्ठ निर्देशकहरु मध्ये १ सय २३ जनाले सदस्यता नविकरण गरेका छैनन् । जस मध्ये १५ देखि २० जना विदेशमा छन् र बाँकी नेपालमा तर पनि सदस्यता नविकरण गर्नेको संख्या ४२ मात्र छ । निर्वाचनको दिन बिहान ११ बजेदेखि साधारणसभा हुनेछ भने अपरान्ह ३ बजेदेखि डेढ घण्टा सम्म निर्वाचन चल्ने छ र सोही दिन समाजको नयाँ कार्यसमिति चयन हुनेछ ।

अन्तयमा निर्देशक भन्ने तर सदस्यता नविकरण नगर्ने केही चर्चित ब्यक्तिको लिष्ट निम्नप्रकार छ । जसमा समाजका निर्वतमान अध्यक्ष नारायण पुरी र नेपालकै पहिलो महिला निर्देशकको ट्याग भिरेकी सुचित्रा श्रेष्ठ समेत रहेकी छिन् ।
 

नविकरण नगर्ने सदस्यको नाम र समय

१ नारायण पुरी :  २  बर्ष
२ किशोर राना : १ बर्ष
३ सोभित बस्नेत : २  बर्ष
४ अशोक शर्मा: २  बर्ष
५ सुचित्रा श्रेष्ठ: २  बर्ष
६ नरेश पौडेल: २  बर्ष
७ बद्रि  अधिकारी: २  बर्ष
८ दयाराम दाहाल: २  बर्ष
९ दीपक श्रेष्ठ: २  बर्ष
१० प्रशन्न पौडेल:  ८ बर्ष मुख्य सहायक निर्देशक हुदा देखिको
११ सिमोस सुनुवार:  ३ बर्ष
१२ भुषण दाहाल: २  बर्ष
१३ रंजित  राना: २  बर्ष
१३ सुवर्ण थापा:  ५ बर्ष
१३ कृष्ण चापागाई: २  बर्ष
१४ ऋषि लामिछाने: २  बर्ष
१५ रमेश बुढाथोकी: २  बर्ष
१६  सुरज सुब्बा: २  बर्ष
१७ सुरेश दर्पण पोखरेल: २  बर्ष
१८ आलोक नेम्बाङ : ५ बर्ष
१९ नीर शाह : ४ बर्ष
२० उकेश दाहाल: २  बर्ष
२१ कृष्ण मल्ल: २  बर्ष
२२ उज्जवल घिमिरे: २  बर्ष
२३ दिनेश डिसी: २  बर्ष
२४ विश्व बस्नेत: २  बर्ष
२५ निरक पौडेल : २  बर्ष
२६  शिवजी लामिछाने: २  बर्ष
२७ राजेन्द्र  उप्रेती :  १ बर्ष
२८ शंकर घिमिरे: २  बर्ष