मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अध्यक्ष पदका लागि पाँच निर्देशक बिच भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2012/04/27

नयाँ कार्यकालका लागि निर्देशक समाजको चुनाव आईतवार हुने भएको छ । तीन बर्षे कार्यकाल सकिन चार महिना बाँकी रहेको अवस्थामा समाजको आईतवार बिहान ११ बजे बार्षिक साधारण सभासँगै नयाँ कार्यसमितीका लागि चुनाव हुनेछ ।


फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यस पटक समाजको अध्यक्ष पदमा पाँच निर्देशक भिड्ने तयारी गर्दैछन् । तीन बर्ष अघि साउन २८ गते भएको चुनावमा केपी पाठकले नरेश पौड्याललाई झिनो मतको अन्तरले हराउँदै बिजयी भएका थिए । अहिले उनै पौड्याल पुन: अध्यक्ष पदका लागि भिड्ने तयारी गर्दैछन् । यस्तै समाजका महासचिव उदय सुब्बा पनि अध्यक्ष पदका लागि भिड्ने तयारीमा छन् । यि बाहेक शैलेश आचार्य, आकाश अधिकारी र दिपक श्रेष्ठ पनि अध्यक्ष पद खाने दाउमा छन् ।

 

यस्तै हाल समाजका अन्य पदका पदाधीकारीहरू पनि बिभिन्न पदका लागि भिड्ने तयारी गर्दैछन् तर को के पदका लागि भिड्ने हुन् त्यो चुनावका बेला नै थाहा हुनेछ । चुनावको निर्वाचन समितीमा कलाकार मदनदाश श्रेष्ठ, निर्माता प्रदिप उदय र वकिल तारा श्रेष्ठ रहेका छन् । अहिलेको कार्यसमितीले आफ्नो तीन बर्षे कार्यकालको बार्षिक बिबरण पेश पनि गर्नेछन् । समाज गठन भए यता अहिले सम्म बार्षिक साधारण सभा भने भएको थिएन ।

 

दुई वटा अर्न्तराष्ट्रिय स्तरको वर्कशप गरेर प्रशंशा पाएको हालको कार्यसमितीले अब आउने नयाँ कार्यसमितीलाई सो कार्यका लागि चुनौती भने थपिदिएको छ । हेरौं अब बन्ने कार्यसमितीले के कस्ता काम गरेर फिल्म उधोगको गरिमा बढाउने हो ।