Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पेश्लाले टु पिस खोल्न नमानेपछि...

अर्पण ढकाल, धरान, 2012/04/27

नेपाली फिल्म उद्योग र यहाँ भैरहने विभिन्न विवाद एवं स्क्यान्डल एक अर्काको पर्यायको रुपमा रहेको छ । यस उद्योग भित्र कतिपय विवाद चर्चामा आउनको लागि गरिन्छ भने कतिपय स्क्यान्डल सस्तो पब्लिसिटी स्टन्टको लागि मचाईएको हुन्छ । नेपाली फिल्मका निर्देशक र नायिका बीच पनि बेलाबेलामा विवाद भैरहनु यस उद्योगको लागि नौलो बिषय हैन । यस्तै छायांकन भैरहेको एक फिल्मका निर्देशक र त्यसै फिल्ममा लिड रोलमा अभिनय गरिरहेको नायिका बीच शुटिंग सेटमै विवाद उत्पन्न भएको छ ।


प्रसङ्ग हो पूर्वमा यतिबेला छायांकन भैरहेको फिल्म प्ले गर्लको । यहि फिल्मको एउटा दृश्यको छायांकन गर्ने क्रममा नायिका पेश्ला कटुवाल र निर्देशक विजयबिक्रम बस्नेत बीच मनमुटाब उत्पन्न भएको छ । इलामको रमणीय दृश्यहरु कैद गरेर फर्किएको फिल्मको यतिबेला धरानमा छायांकन भैरहेको छ । फिल्म भित्र टु पिस लगाएर स्विमिङ गर्नुपर्ने सिनको छायांकन धरानको रिक्रियशन स्विमिङ पूलमा हुदै गर्दा नायिका र निर्देशक बीच विवाद भएको हो । सुरुमा निर्देशकले भने अनुसार पेश्ला टु पिस पहिरनको साथमा स्विमिङ पूलमा पौडिदै गरेको दृश्यमा टेक दिरहेकी थिइन् । त्यसै दृश्यमा फिल्मका नायक केवल भुजेल पनि पूल भित्र पसेर पेश्लाले लगाएको टु पिस पहिरन खोल्नु पर्ने सिकुएन्सको बारेमा निर्देशक विजयले जानकरी गराएपछि पेश्ला र विजय बीच भनाभन सुरु भएको हो ।
              

भनाभन र विवाद सुरु भएपछि शुटिंग युनिटका अन्य सदस्यहरु विवाद मिलाउन अग्रसर भएका थिए । सुरुमा स्क्रिप्ट हेर्दा त्यस्तो दृश्यको बारेमा आफुलाई जानकारी नभएको बताउदै आफुले सो दृश्य दिन नमानेको पेश्लाको जिकिर थियो । उता छायांकन सुरु हुन भन्दा अगाडी नै आफुले पेश्लासंग फिल्म भित्रका अन्य दृश्य संगै स्विमिङ पूलको दृश्य बारे पनि बताएको निर्देशक विजयको कथन थियो ।

 

नायिका र निर्देशकको बिबाद नमिले पछि सो दिनको छायांकन प्याक अप गरिएको थियो । सो दृश्यलाई थाती राख्दै यतिबेला फिल्मको गीतको छायांकन धरानकै घोपा क्याम्प परिसरमा भैरहेको छ । करिब ८० प्रतिशत छायांकन भैसकेको फिल्म प्ले गर्लका अन्य धेरै हट सिनहरु समेत राखिएको छ । महिलाहरुमा आउने यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको फिल्ममा यधुसुधन कुँवर, कस्तुरी खरेल लगायत अधिकांश नयाँ कलाकारले अभिनय गरेका छन् ।