मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

फेसबुक गीत वर्ल्ड प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/04/27

फस्टलुकबाट नै निकै चर्चा पाएको फिल्म 'फेसबुक' को गीतलाई फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ । साउन १५ गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारी गरेको सो प्रिमियर गीतमा झरना थापा र डेब्यू हिरोको रूपमा स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन् ।


सुनिल बर्देवाको शब्द, संगीत तथा स्वर रहेको सो गीतको सुटिङ सिंगापुरमा गरिएको हो । सिंगापुरका रमणिय स्थानमा कविराज गहतराजले झरना र स्वतन्त्रलाई नचाएका छन् । लोकप्रिय अनलाइन सामाजिक संजाल फेसबुकसँग लिङ्क गरिएको फिल्म 'फेसबुक' लाई सुरज सुब्बाले निर्देशन गरेका हुन् । सुनिल कुमार थापाले निर्माण गरेको सो फिल्ममा झरना र स्वतन्त्रको साथमा राजेश हमाल, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मतिन खान लगायतले अभिनय गरेका छन् ।

 

एसके प्रोडक्सनको व्यानरमा निर्माण गरिएको उक्त सस्पेन्स थ्रील फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् भने छायाँकन संजय लामाको रहेको छ । यस्तै बनिश शाहले फिल्मको सम्पादन गरेका हुन् भने द्धन्द रोशन श्रेष्ठको रहेको छ । सिंगापुर र काठमाण्डौमा सुटिङ गरिएको फिल्ममा मायाप्रेमको साथमा बेरोजगार युवाहरूको कथालाई समेत समेटिएको छ ।