मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

भिडन्तमा भैहाल्छ नी र नैना रेशम

फिल्मीखबर, काठमाण्डौ, 2012/04/26

बैशाख १५ गते अर्थात भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'भैहाल्छ नी' मोफसलमा सिङ्गल रिलिज हुनेछ भने राजधानीमा पुरानो फिल्म नैना रेशमसँग भिड्नेछ । सुनिल मानधरले बितरण गर्ने फिल्म भैहाल्छ नी देशभरका ३० वटा थिएटरमा मात्र रिलिज हुनेछ ।

नयाँ र पूरानो धारका फिल्मको फ्यूजन भनिएको फिल्म 'भैहाल्छ नी' लाई एमएस अग्रजले निर्देशन गरेका हुन् । नेपाली समाजको राम्रा नराम्रा रूपरंगलाई यथार्थ ढंगले चित्रण गरिएको सो फिल्ममा सुमन सिंह, गरिमा पन्त, नवनायक विशाल पोखरेल, सोनिया केसी, सुनील थापा, अशान्त शर्मा, सुवास कार्की, कमलकृष्ण लगायतले अभिनय गरेका छन् । कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा आरके पाण्डे र दिनेश अधिकारीले निर्माण गरेको सो फिल्ममा यादव गोबिन्दको संगीत रहेको छ । फिल्मका गीत अहिले चर्चामा पनि छन् ।

 

यस्तै अजितजङ राणाको निर्माणमा आरबीके शरदले निर्देशन गरेको फिल्म राजधानीका एक दर्जन भन्दा बढि हलमा लाग्नेछ । क्यू सिस्टमबाट रिलिज हुन लागेको सो फिल्ममा बिराज भट्सँग मिसन पैसा डेब्यू नायिका निशा अधिकारीले अन्स्क्रिन रोमान्स गरेकी छिन् । फिल्ममा बसन्त सापकोटाको संगीत सुन्न सकिनेछ ।