मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन लाग्छ माया : बिहीबार नै किन ?

फिल्मीखबर, काठमाण्डौ, 2012/04/26

बोक्सी र द मिरर जस्ता फिल्म निर्देशन गरिसकेका गोपालचन्द्र लामिछानेको बिश्वास पनि गजबकै छ । उनी हरेक नयाँ कामको शुरूवात बिहिबारबाट नै गर्छन् । यहि क्रममा उनले निर्देशन गरेको पछिल्लो फिल्म 'किन लाग्छ माया' को पब्लिसिटी सामाग्रीलाई बिहिबार नै अपडेट गर्न फिल्मीखबरलाई आग्रह गरे ।
 

फिल्मीखबरसँग कुरा गर्दै निर्देशक लामिछानेले भने, 'म हरेक क्रियटिभ कामको शुरूवात बिहिबारबाट नै गर्छु ।' बिहिबार शुरू गरेका हरेक कामबाट सफलता पाएकोले पनि बिश्वास बढेको उनको भनाई छ । व्यवसायिक काम अन्य दिनमा गरे पनि क्रियटिभ काम उनी बिहिबार नै गर्न खोज्छन् । जेष्ठ १९ 'किन लाग्छ माया' रिलिजको तयारीमा रहेका लामिछानेले मिल्ने भने बिहिबार नै फिल्म रिलिज होस् भन्ने चाहना राखेका छन् । तर क्यूबाट रिलिज हुन लागेको सो फिल्म शुक्रबार नै रिलिज गर्नुपर्ने उनको बाध्यता छ । तर फिल्म रिलिज व्यसायिक काम भएको भन्दै उनले चित्त बुझाए ।
 

पपुलर मल्टिमिडियाको व्यानरमा शक्तिबल्लभ घोरासैनीको प्रस्तुती रहेको फिल्म 'किन लाग्छ माया' एउटा सामाजिक प्रेमकथामा आधारित रहेको निर्देशकको भनाई छ । फिल्ममा प्रेममा हुने रोमान्स, दुखान्त अनि कमेडी पनलाई प्रस्तुत गरिएको बताउँदै निर्देशक लामिछानेले भने, 'अनुशासनमा बसेर दर्शकलाइ मन पर्ने फिल्म बनाएका छौं त्यसैले हामी त सफलता पाउनेमा ढुक्क छौं ।' फिल्म दुई ध्रुब बिचला साथीको मित्रतामा केन्द्रित रहेको उनको भनाई छ ।

 

आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ र शंकर दुलाल समेत निर्माता रहेको सो फिल्मको कथा, पटकथा तथा संवाद अविनाश श्रेष्ठले लेखेका हुन् भने छायाँकन दिपक बज्राचार्यको रहेको छ । यस्तै फिल्ममा लक्ष्मण शेषको कर्णप्रिय संगीत सुन्न सकिनेछ भने रोशन श्रेष्ठको एक्सन हेर्न सकिनेछ । फिल्मका गीत प्रमोद ढुंगानाले लेखेका हुन् । फिल्ममा निखिल उप्रेती, झरना थापा, राजबल्लभ कोईराला, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ ।

 

 

Click here for promo : Kina Lagchha Maya

Click here for song : Yo Man Dhunga...