
टोले दादाको ग्याङस्टार कथामा आधारित भएर प्रोड्यूसर प्रदीप उदयले नयाँ फिल्म सुकुलगुण्डा बनाउने भएका छन् । आउदो जेठ ८ गते पर्ने आफ्नो जन्मदिनको अबसरमा उनले सो फिल्म निर्माणको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।
बुधबार फिल्मीखबरसंगको भेटमा उनी भन्दै थिए 'मालतीको भट्टी' को रिलिज चार दिन अघि मेरो बर्थडे हो र सोही दिन अफिशियल्ली सुकुलगुण्डा घोषणा गर्दैछु ।' रेगुलर मेकर उदयले यो बर्ष थप दुई फिल्ममा पनि प्रोड्यूसरको रुपमा रहने बताए । सुरुमा उनले जेठ पहिलो हप्तादेखि फ्लोरमा जान लागेको टुका ईन्टरटेन्मेन्टको मन्जरीमा को-प्रोड्यूसर भएर लगानी गर्दैछन् भने कमेडी फिल्म 'सरी ल' लाई एकल लगानीमा यहि बर्ष निर्माण गर्दैछन् । 'सरी ल' मा मौखिक रुपमा दिनेश डिसी निर्देशकको रुपमा फाईनल भईसकेको उनले बताए । यध्यपी दिनेश डिसीको पाईपलाईन प्रोजेक्ट हिरोईन र प्यास नसकिउन्जेल 'सरी ल' निर्माण हुने छैन ।
'यो बर्ष एउटा फिल्म होला भनेको तीन वटा पुग्ने भयो', उदयले भने । चलचित्र संघका महासचिव समेत रहेका उदयले बुधबारबाट डिष्ट्रिब्यूटरको समेत ट्याग भिरेका छन् । 'आजदेखि डिष्ट्रिब्युसनको काम पनि हेर्नेछु त्यसैले चारवटा फिल्म किङ्ग, शान र दीपक श्रेष्ठ निर्देशित बाचा किनेकाले ब्यस्तता झन बढेको छ', उनले भने । यस अघि उनले चेलिवेटी मार्फत यादव खरेल, कहि मिलन कहि विछोड मार्फत ऋषि लामिछाने र रिलिजको लिष्टमा रहेको मालतीको भट्टी बाट गणेश देव पाण्डेलाई निर्देशकमा जसरी डेब्यू गराए सोही अनुरुप सुकुलगुण्डा मार्फत अर्को एक व्यक्तिलाइ निर्देशकमा डेब्यू गराउने उनले बताए । जसको औपचारिक घोषणा उनको जन्मदिनकै दिन हुने छ ।