मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

मायाज बार : प्रोड्यूसर र डाईरेक्टर बिच मनमुटाव

फिल्मीखबर, काठमाण्डौ, 2012/04/25

पन्ध्र दिन सुटिङ रोकिएपछी पुन सुचारू भएको मायाज बारको सेटमा मंगलबार त्यस्तो दृश्य देखियो जहाँ प्रोड्यूसर सुनिल मानन्धर र डाईरेक्टर दिनेश डिसीको मनमुटाव भएको प्रष्ट झल्किन्थ्यो । साँझको समय थियो दशरथ रंगशालाको कवर्ड हलमा फाईटको सिन खिचिरहेका बेला डिसी र मानन्धरको बोलचाल नभएको देख्दा फिल्मीखबर समेत अचम्ममा पर्‍यो । 'अब म फिल्म बनाउदिन बनाईहाले पनि निशाले डेब्यू गर्छ भने उसको लागि बनाईदिन्छु', तनाव मुडमा मानन्धरले सुटिङ सेटमा पुगेका रोज राणालाई भन्दै थिए । 

 

निशा अधिकारीलाई लिएर मायाज बार सुट भैरहेको छ सोही क्रममा निशालाई डाईरेक्टरको रूपमा मान्नधरले डेब्यू गराउने प्रयास गरिरहेका छन् । जुन कुरा उनले रोजलाई भन्दै थिए । मानन्धरको निरश बोली सुनेपछी रोजले किन यस्तो फ्रष्टेशन भन्दा उनले भने, 'यार सुटिङमा ७१ लाख सकिसक्यो टेनसन भैसक्यो नि ।' पचास लाखमा सक्ने भनेको फिल्म फ्लोरमै ७१ क्रस भएपछी मानन्धर तनावमा परेका हुन् । 

 

 

नेपाली फिल्म उद्योगका खेलाडी मानिने उनी यो बर्ष २० लाख घाटामा छन् । ०६८ मा उनले जति पनि फिल्मको डिस्ट्रिब्युसन हेरे ति फिल्मबाट उनले एक रूपैया पनि नाफा कमाएनन् । उनले ६३ लाख शेयर हालेको आईएम सरीबाट १३ लाख घाटा ब्यहोरे । 'पन्ध्र दिन सुटिङ रोकियो त्यसैले यता पनि दशलाख घाटा लाग्यो', रोजलाई भन्दै थिए उनी । मायाज बार विना कम्प्रमाईज खिचिएको फिल्म हो जसमा दिनेश डिसीले कत्ति पनि कम्प्रमाईज नगर्दा मानन्धरको बजेट बढेको हो जसकारण डिसीसंग उनी असन्तुष्ट भैदिदा अहिले उनीहरूको सम्बन्ध देखाउनका लागि मात्र देखाएको जस्तो भैदिएको छ ।


सात बर्षअघि देखि संगै प्रोजेक्ट गर्ने भन्दै यि दुईको मित्रता गासिएको हो । जसकारण चार बर्ष अघि दिनेश डिसीले डाईरेक्सन गरेको सावधान हेरेपछी मानन्धरले मायाज बार डिसीलाई नै निर्देशन गर्न दिने निर्णय गरेका थिए । यध्यपी विविध कारणले सुटिङ पोष्टपोण्ड हुदै २०६८ सालको अन्त्य तिर सुरू भएपछी उनीहरूको चर्चा एक पटक चुलियो तर यो चर्चाको श्रृङखला अब धेरै दिन अघि नबढ्ने संकेत देखिएको छ । मेकिङमा निकै मिहिनेत गर्ने डिसीको यस अघिका दुई प्रोजेक्ट दाईको ससुराली र सावधानको समयमा पनि हाईबजेटका कारण प्रोड्यूसरसंग दुरी बढेको थियो ।

एउटै प्रोजेक्टमासंगै काम गरेपछी मनमुटावको यो श्रृङखला पहिलो हैन तर  यि दुई हस्ती फिल्ममेकरको सम्बन्ध चिसिएमा समग्र उद्योगलाई घाटा पर्ने देखिन्छ । मायाज बारको  साउन १८ रिलिज डेट तोकिएको छ तसर्थ पनि हाई बजेटको फिल्म रिलिज डेट सम्म एक करोड क्रस हुने निश्चित रहेको बताईएको छ । तसर्थ हाईबजेट विवादले डिसी र मानन्धरको सात बर्षे मित्रताको धागोलाई कता उडाउने हो प्रतिक्षाको बिषय बनेको छ । मायाज बारको बाँकी सुटिङ सकिन थप दश दिन लाग्ने छ ।