मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बरदान सवैले हेर्न मिल्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/04/24

फिल्म नगरीमा बरदान मार्फत पाईला टेकेकी कविता श्रेष्ठले एउटा फिल्म रिलिज नभई अर्को फिल्म प्लान पनि बनाईन् जुन फिल्म जेठको पहिलो हप्तदेखि देशब्यापी रिलिज हुदैछ । २०६७ सालको पहिलो फिल्मी जमघट मार्फत शुभमुर्हुत गरिएको उनको पहिलो प्रोजेक्ट बरदान पनि रिलिजका लागि तयार भएको छ ।

 

युनिभर्सल अर्थात सवै बर्गले हेर्न मिल्ने गरी मंगलबार सेन्सर सर्टिफिकेट पाएपछी कविताले भनिन्, '२ घण्टा दश मिनेटको फिल्म बनेको छ त्यसैले अब प्लान सहित यो फिल्मको प्रोमोशन कसरी गर्ने भन्ने बिषयमा ध्यान गईरहेको छ ।' रेजिना फिल्मसका लागि कविता श्रेष्ठको निर्माण रहेको फिल्मकी अर्की प्रोड्यूसर हिरोईन रेजिना उप्रेती अहिले एक महिने युरोप भ्रमणमा छिन् । उनी नेपाल फर्किए लगत्तै बरदानको तिब्र प्रोमोशन गरिने कविताले बताईन् ।

 

शोभित बस्नेत निर्देशित सो फिल्म निर्माण सकिए लगत्तै कविताले शोभितलाई लिएर प्लान बनाएकी थिईन् तर दुई वटा प्रोजेक्टको सम्पूर्ण पोष्ट-प्रोडक्सन सकिन नपाई उनीहरूको सामिप्यताको दुरी बढेको छ । जसकारण मंगलबार फिल्मको सेन्सर समयमा पनि शोभित सेन्सर बोर्ड गएका थिएनन् । शोभित जीलाई हामीले खबर गरेका थियौं तर उहाँ आउनु भएन अनि हामी आफै बसेर सेन्सर गर्‍यौं', कविताले भनिन् । शोभितको सम्बन्ध एक दशक सम्म राम्रो रहेको रेजिना उप्रेतीसंग पनि धमिलिएको छ । जसकारण अहिले उनीहरूको पनि बोलचाल करिब बन्द भएको जस्तै छ ।

बरदान विभिन्न कारणले चर्चित फिल्म हो । कारण, यो फिल्म २०६८ साल बैशाख १ गते शुभ मुर्हत गरिएको फिल्म हो । त्यस्तै सोही समारोहमा भुवन केसीले गर्लफ्रेण्ड भन्दै शर्मिला डङगोललाई परिचय गराउदै हिडेको सन्दर्भ पनि बरदानसंग जोडिएको प्रमुख अंश हो । त्यसैगरी लामो समय पश्चात राजेश हमाल र करिश्मा मानन्धर जोडीको रूपमा कमब्याक सो फिल्म आफैमा अर्को चर्चाको कारण हो । र, पहिलो पटक हिरोईन रेजिना उप्रेतीले निर्माण गर्दै यो फिल्म मार्फत प्रोड्यूसरको ट्याग भिरेकाले सो फिल्मको मेकिङ शोभित बस्नेतको अन्य प्रोजेक्ट भन्दा केही उच्च स्तरको रहेको अनुमान लगाउन सकिन्छ ।