मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्योतिषको पछाडी बाबुराम पनि

फिल्मीखबर, काठमाण्डौ, 2012/04/24

कर्ममा भन्दा भाग्यमा बढी विश्वास गरेर  होला आजकाल फिल्म उद्योगका हस्तिहरु सफलताका लागि ज्योतिष शास्त्रमा आफ्नो भाग्यको अंकगणित मिलाउन निकै उत्सुक भएको । राजेश हमालको बिहे मुडलाई दुई बर्ष धकेलिदिएपछी एकाएक चर्चित बनेका युवा ज्योतिष हरिहर अधिकारीको चर्चा जति भयो उनको जोतिष शास्त्रमा बिश्वास गर्दै आजकाल अधिकाश फिल्ममेकर नयाँ बानेश्वरमा रहेको उनको  कार्यालयमा दिनहुँ पुगीरहन्छन्  ।

संयौको संख्यामा ज्योतिष छन् यहाँ तर फुच्चे ज्योतिषको ज्योतिष्याईको पावरले काम गरेर होला बारम्बार उनको दैलोमा हिरोईन ऋचा शर्मा, विनय श्रेष्ठ, विनिता बराल लगायतका फिल्मकर्मी धाई रहन्छन् । यि मात्र हैन निर्देशक सुरज सुब्बा नाल्बो देखि लिएर रेश मरहठ्ठा र प्रशन्न पौडेलले पनि आगामी दिनमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्ने अंकगणित निकाल्न उनको दैलोमा टेकिसकेका छन् । प्रशन्नले रिलिज हुन लागेको फिल्म मेरो बेष्ट फ्रेन्डको बारेमा ज्योतिषसंग भबिष्यबाणी गरेका थिए जहाँबाट ज्योतिषले फिल्म निर्माण कम्पनी र टाईटललाई केही परिमार्जित गर्न सुझाव दिएपछी उनी अहिले फिल्मको टाईटलको अल्फावेट काटछाट गर्ने मुडमा पुगेका छन् ।
 

उनीमात्र हैन तीन वटा प्रोजेक्टबाट ब्यावसायिक सफलता हात नपारेका शंकर घिमिरे पनि रिलिज हुन लागेको नयाँ फिल्म तुलसीको सफलताको अंक निकाल्न ज्योतिष अधिकारी कहाँ पुगेका थिए जस अनुरुप उनले पनि पब्लीसिटीका लागि तयार गरिएको पोष्टरमा लेखिएको अक्षरको फन्ट कलर र अंग्रेजीबाट लेखिएको तुलसीको अंग्रेजी टाईटल काटछाट गरीसकेका छन् । यी त प्रतिनिधि पात्र मात्र ।

 

हिन्दु बाहुल्यता रहेको यो मुलुकमा अदृश्य शक्ति माथि विश्वास गर्नेको बाहुल्यता पनि त्यतिकै धेरै छ । जुन भिडमा ज्योतिष शास्त्रमा विश्वास गर्दै बाबुराम ढकालले पनि मंगलबार उपयुक्त साईत जुराएर नयाँ फिल्मको शुभसाईत गरेका छन् । उनलाई पनि एक ज्योतिषले आग्रह गरे आजको दिनमा फिल्म घोषणा गरे सफलता हात पर्ने छ जसअनुरुप उनले तेस्रो प्रोजेक्टलाई विधिवत साईत गरेका हुन् । बाबुरामले अनौठो नामको ए-६९ भन्ने टाईटलमा केन्द्रित भएर नयाँ फिल्म बनाउदैछन् । जेठ १६ देखि फ्लोरमा जाने भनिएको फिल्मको काष्ट फाईनल नभए पनि  ज्योतिषले दिएको साईतलाई ध्यानमा राखेर मंगलबार शुभसाईत  गरिएको हो ।

 


६९ को अर्थ सेक्स सिम्बल भनिन्छ नि भन्ने प्रश्नमा उनले त्यस्तो कुनै सिम्बल नरहेको तर्क गरेका छन् । बाबुरामको सो फिल्मलाई  आर्यन फिल्मस प्रोडक्सनले निर्माण गर्ने छ । जसका प्रस्तुतकर्ताको रुपमा रमेश संवेदना रहेका छन् । प्रकाश पुरीले लेखेको फिल्मलाई रामशरण उप्रेतीले खिच्नेछन् भने संगीत कन्काई राईले रहने बताईएको छ । शुभसाईत कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई  र चलचित्र संघका महासचिव प्रदीप उदयले सो युनिटलाई सफलताको शुभकामना दिएका थिए ।