Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इशारा जिन्दगीको : पोष्ट-प्रोडक्सनमा नै डेढ बर्ष

फिल्मीखबर, काठमाण्डौ, 2012/04/24

एक बर्ष लगाएर कतारमा सुटिङ गरिएको फिल्म 'इशारा जिन्दगीको' डेढ बर्ष देखि पोस्ट-प्रोडक्सनमा नै अल्झिएर बसेको छ । फिल्म निर्माण युनिटले पोष्ट-प्रोडक्सन कम्पनीको हेलचक्र्याईंले गर्दा लामो समय अल्झिनु परेको बताएको छ ।

 

कतारमा रहेका नेपालीहरूले निर्माण गरेको सो फिल्मको पोस्ट-प्रोडक्सन अनामनगर स्थित सफ्ट इमेजमा भईरहेको छ । अझै व्याकग्राउण्ड म्युजिक र मिक्सिङको काम बाँकी रहेको जानकारी दिंदै फिल्मका प्रस्तुतकर्ता शशि किरणले फिल्मीखबरसँग लामो समयको कुराईको पिडा पोख्दै भने, 'कम्पनीले हाम्रो फिल्मलाई कम प्राथमिकतामा दिएर ढिला भएको हो ।' बैशाख महिना भित्रमा सम्पूर्ण काम सक्ने वाचा गरिदिएको बताउँदै किरण थप्छन्, 'हामीले पनि प्रशस्त समय दिन सकेका थिएनौं तर उहाँहरूले मन लगाएर गरिदिएको भए समयमा नै सकिन्थ्यो र फिल्म पनि चाँडै रिलिज गर्न पाउथ्यौं ।'

 

यता सफ्ट इमेजका म्यानेजिङ डिरेक्टर सुशिल श्रेष्ठले फिल्मको आधिकारिक मान्छे नभएका कारण काम ढिला हुन गएको बताए । उनले भने, 'आधिकारिक मान्छे नभए पछि हामी एक्लै काम गर्न सक्ने अवस्था भएन । उहाँहरूले टाईम दिएको भए उहिल्लै सकिन्थ्यो ।' काम अन्तिम चरणमा पुगेको हुनाले आफ्नै हिसाबले भए पनि छिट्टै काम सकेर फिल्म निकाल्दिने सुशिलले बताए । उनले भने, 'अब हामी आफ्नै हिसाबले काम गरेर भए पनि फिल्मलाई रिलिजको लागि तयार गर्दिन्छौं ।'

 

खाडी मुलुकको जिउँदो कथामा भनिएको सो फिल्म पहिलो पटक कतारमा नै रिलिज गर्ने प्रस्तुतकर्ता किरण बताउँछन् । कतारमा नै सुटिङ गरेको हुनाले त्यहाँका नेपालीहरू फिल्म हेर्न आतुर रहेकाले काम सकिए लगत्तै कतारमा रिलिज गरेर मात्र नेपालमा रिलिज गर्ने उनको भनाई छ । सिने सरोकार केन्द्रको व्यानरमा नारायण ढुंगाना, कुमार कार्की र बिनोद यादबको समेत लगानी रहेको सो फिल्मलाई मनोज गिरीले निर्देशन गरेका हुन् । तिर्थसंगम राईको पटकथा तथा संवाद रहेको फिल्ममा रञ्जिब दाहाल, सुरज कटवाल, कोपिला कार्की, प्रमिशा लामा लगायतले अभिनय गरेका छन् । फिल्ममा राई नबिनको संगीत रहेको छ ।