मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

छ महिना भित्रै हट्ने भयो क्यू

फिल्मीखबर, काठमाण्डौ, 2012/04/23

क्यू अर्थात सिन्डीकेट प्रणालीमा रहेका ३० वटा फिल्म रिलिज सम्बन्धमा सोमबार चलचित्र संघको प्रदर्शन समिति र चलचित्र निर्माता संघ बीच सहमति भएको छ । सहमति अनुसार यस अघि राजधानी बाहिर रिलिज भैसकेका १२ वटा फिल्मलाई पुरानो र रिलिज नभएका १८ वटा फिल्मलाई नयाँको संज्ञा दिईएको छ ।

 

पूरानो अर्न्तगत नैना रेशम, माया त माया हो, भागी भागी नजाऊ, तिमि विनाको जिवन, सिन्दुर, महान, हिम्मत–२, भुल भए माफ गर, स्वाभिमान, भुल्नै सकिन र मार्‍यो नि मायाले मार्‍यो छन् । यस्तै नयाँ अर्न्तगत कवच, जिन्दगानी दर्पणछाँया, किन लाग्छ माया, नयाँ नेपाल एक्सप्रेस, नमस्ते, ईशारा, संसार आफ्नै, खग्रास, आफ्नै मनलाई सोधि हेर, मिलाप, मानव, चन्द्रावती, पल्टन, लभ ईन चाईना बोर्डर, किसान, पहिलो माया हो मेरो, हो यहि माया हो र लभस्टोरी २०६६ छन् ।

क्यू विवाद समाधानको बिषयमा सोमबार भएको बार्ताबाट ८ सदस्यिय कार्यदल समेत गठन गरिएको छ । कार्यदलले ३० फिल्म कसरी लगाउने भन्ने बिषयमाथि निर्णयको अधिकार पाउने छ । यस्तै बैठकमा क्यूका पुराना फिल्मले रिलिजको पहिलो ओपनिङ अत्याधिक कमजोर गरे त्यो ठाँउमा नयाँ फिल्म रिलिज गर्ने सहमति भएको छ । सहमति अनुरूप १२ पुरानो र १८ नयाँ गरी पालै पालो क्यू अर्न्तगतका हलबाट फिल्म प्रदर्शन गरिने छ ।
 

अन्य ब्यवसायमा खुल्ला प्रतिष्पर्धा अपनाईरहेका बेला फिल्म प्रदर्शनको बिषयमा भने प्रदर्शक र निर्माता संघको आपसी सहमतिमा यो प्रणाली खडा भएको थियो तर ६ बर्ष पश्चात पुन: क्यू प्रणाली  जायज नभएको भन्दै खारेज गरिन लागिएको हो । जसका लागि महत्वपूर्ण बैठक सोमबार डाकिएको थियो । आउदो सातादेखि ३० वटा फिल्म ६ महिना भित्र सकिने छन् र यो प्रणाली स्वत खारेज हुनेछ जुन निर्णयको अधिकांश फिल्ममेकरले स्वागत पनि गरेका छन् ।