मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मस्कोको फेस्टिभलमा `यसरी नै आरू फूल्छ` छनोट

फिल्मीखबर, काठमाण्डौ, 2012/04/23

सुभास गजुरेल निर्देशित सर्ट फिल्म 'यसरी नै आरू फूल्छ' मस्कोमा हुन लागेको एक्सआईभी ईन्टरनेश्नल फेस्टिभल अफ डिटेक्टिभ फिल्मसमा छनोट भएको छ । अप्रिल २५ देखि २९ तारिख सम्म चल्ने सो फेस्टिभलमा आफ्नो फिल्म पनि छनोटमा परेको निर्देशक गजुरेलले जानकारी गराए ।

 

ठूलो पर्दाको फिल्म बसाईं, को होला मेरो मायालु र नयाँ नेपाल एक्सप्रेस निर्देशन गरिसकेका गजुरेलले फेस्टिभलमा आफ्नो फिल्म पुग्नु नै सफलता भएको बताए । ३० मिनेटको सो फिल्म १० वर्षे सशस्त्र जनयुद्धमा आफ्नो छोरा गुमाएकी एउटी आमाको भोगाई र सपनामा आधारित छ । थुपै फिल्म र टेलिफिल्ममा अभिनय गरिसकेका श्रीराम बाजेको नामले परिचित गजुरेलले फिल्मको बारेमा जानकारी गराउँदै भने, '१० वर्षे सशस्त्र जनयुद्धमा सयौं नेपालीले आफ्नो ज्यान गुमाए भने हजारौं परिवार पीडित बन्न पुगे । तिनै परिवार भित्र आफ्नो छोरा गुमाएकी एउटी आमाले भोगेका भोगाईहरूलाई हामीले फिल्ममा उतारेका छौं । जो कोही पनि यो फिल्म एकपटक हेरेपछि भावुक बन्नेछ ।'

 

कलिउड फिल्म्स प्रालीको व्यानरमा बिश्वराम बिष्ट र सुरेश गिरीले फिल्मलाई निर्माण गरेका हुन् । तारा केसी, भुपेन चन्द, हरि शिवाकोटी र शक्ति पण्डितको प्रमुख भूमिका रहेको सो फिल्मको कथा विवस बस्तीले लेखेका हुन् । कृष्ण ढुंगानाको संवाद, दिपक वान्तवाको छायाँकन, हरि सिलवाल र कविर कपालीको सम्पादन रहेको उक्त फिल्ममा झंकार बुढामगरको शब्द, संगीत तथा स्वर रहेको छ ।

 

Click here : XIV International Film Festival of Detective Films