मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सेक्स ओरेन्टेड फिल्म `a 69` लाई बाबुरामले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/04/23

पछिल्लो समय नेपाली फिल्मको धारमा निकै परिवर्तन देखिन थालेको छ । बिशेष गरी फिल्ममेकरहरूले युवापुस्ता लक्षित भन्दै सेक्सुल कथानकलाई बढि जोड दिन थालेका छन् । यहि भिडमा निर्देशक बाबुराम ढकाल पनि देखिएका छन् ।


भोली मंगलबार मुहुर्त गरी जेष्ठ १६ गतेबाट छायाँकनमा जान लागेको जाने तयारीका साथ निर्देशक ढकालले आफ्नो फिल्मको नाम 'a 69' जुराएका छन् । पक्कै पनि फिल्मको नाम सुन्ने बितित्कै तर्सिनु भयो होला कि नेपाली फिल्म इन्डष्ट्री कहाँ पुग्दैछ भनेर । निर्देशक ढकाल भन्छन्, 'नाम अलि डेन्जर नै भए पनि स्टोरी सिम्पल छ । हामीले सेक्सको म्याटर बेचेर फिल्म बनाउन लागेका हैनौं । कथासँग केहि लिन्ङ्क भएको र नाम यहि नै जुरेकाले हामीले राखेका हौं । गलत म्यासेज जानेर गरेर फिल्म बनाउन लागेको भने हैन ।'

 

पर्खी राख है र दुलही जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक ढकालले आफ्नो धार परिवर्तन गर्दै नयाँ टेस्ट दिनको लागि केहि नयाँ शैलीमा फिल्म बनाउन लागेको बताए । अब 'a 69' मा नयाँ टेस्ट के होला त ? उनी भन्छन्, 'बदलिंदो समय र परिस्थितीमा फिल्म बनाउँदै छु । नयाँ के छ त्यो फिल्म बनेपछि थाहा पाईहालिन्छ नि !' 69 भन्नाले सेक्सको त्यो पोजिशनलाई जनाउँछ जहाँ जोडी विपरित दिशा तर्फ फर्किएर मुख मैथुन गर्दछन् । यसरी नामको अर्थले पक्कै पनि फिल्मको कथा यस्तो हुनेछ भनेर अनुमान लगाउन गार्‍हो नपर्ला । सायद फिल्मको नाम अलि डेन्जर नै भएर होला निर्देशकले कलाकार फाईनल नगरी मुहुर्त गर्न लागेका ।

 

प्रकाश पुरीको कथा, पटकथा तथा संवाद रहेको सो फिल्ममा संगीतकारको रूपमा कन्काईस्ट राईले डेब्यू गर्दैछन् । यस्तै छायाँकनमा रामशरण उप्रेती र सम्पादन बिपिन मल्लको रहनेछ । आरएन फिल्मस प्रोडक्सनको व्यानरमा रमेश संवेदनाले निर्माण गर्ने सो फिल्मको सुटिङ नेपाल सहित युकेमा पनि गर्ने तयारी भईरहेको निर्माण पक्षले जनाएको छ ।