मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पब्लिसिटीका लागि सायदको एसएमएस अभियान

फिल्मीखबर, काठमाण्डौ, 2012/04/23

बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म 'सायद' ले पब्लिसिटीका लागि एसएमएस अभियान ल्याएको छ । दर्शकहरू माझ फिल्मको बारेमा जानकारी दिन र फिल्म हेर्ने वातावरणको सिर्जना गर्न युनिटले विकसित प्रबिधिलाई क्यास गर्दै एसएमएस अभियान ल्याएको हो ।

 

एसएमएस अभियान अर्न्तगत फिल्म रिलिजको पूर्व सन्ध्यामा सायदकै नामबाट देशभरका ५० हजार मोबाईल नम्बर प्रयोग कर्तामा फिल्मको बारेमा छोटो जानकारी जानेछ । बैशाख २७ र २८ गते २५-२५ हजार गरेर मोबाईल कर्ताहरूलाई नेपाल टेलिकमको सहयोगमा एसएमएस गरिनेछ । एसएमएसमा लेखिने छ - Saayad, it may be your story. Releasing all over Nepal on Baishakh 29/ May 11. Don't miss it.

 

यस्तै दर्शकहरूलाई फिल्म प्रति मोह जगाउन युनिटले मोबाईल क्विज पनि ल्याएको छ । क्विज अर्न्तगत 'सायदको निर्देशकको नाम के हो ?' भनि प्रश्न राखिएको छ र विकल्पहरूमा सुरज सुब्बा, सुनिल रावल र संयम पुरी राखिएको छ । आफूलाई लागेको सहि उत्तर पठाउनका लागि दर्शकले ५००६ मा एसएमएस गर्नुपर्नेछ । यदि सुरज सुब्बा सहि उत्तर भए SYD टाईप गरि स्पेस दिएर a लेखि ५००६ मा पठाउनु पर्नेछ । त्यस्तै सुनिल रावल ठिक लागे b र संयम पुरी सहि उत्तर लागे c टाईप गरि एसएमएस पठाउनु पर्नेछ । धेरै भन्दा धेरै सहि उत्तर पठाउने केहि सहभागीलाई निर्माताले आफ्नो फिल्मको २/२ वटा टिकट उपलब्ध गराउनेछन् ।
 

यदि सहि उत्तर पठाएमा Correct ! You may win FREE movie ticket for two. भनि रिप्लाई आउनेछ भने गलत उत्तर पठाएमा Sorry ! wrong ans. Try again to win FREE movie ticket. भनि रिप्लाई आउनेछ । यस्तै युनिटले शहरका मुख्य मुख्य चोकमा फिल्मको होर्डिङ बोर्ड पनि राख्ने भएको छ । राम्रो फिल्म बनाए पनि दर्शकमाझ पुर्‍याउन पब्लिसिटीमा कुनै कन्जुस्याईं नगर्ने निर्माण युनिट बताउँछ । दुई जेनेरेशन बिचको अर्न्तद्धन्दलाई मुख्य रूपमा उठान गरिएको फिल्मले अहिलेको युवापुस्ताको मन जित्नेमा युनिट ढुक्क छ ।