
हुन त यहाँ समय भन्दा अघि कोही पनि छैन र समय भन्दा अघि कसैले केही पाउदैन तर पनि बदलिदो जमाना अनुरूप फिल्मको प्रोमोशन शैलीमा नयाँ प्रयोग गरिएको देख्दा उद्योगलाई ब्यावसायिक रूपमा स्थापित गराउने प्रयासमा चलचित्रकर्मीको चासो बढेको देख्न सकिन्छ ।
सुटिङ सुरू कहिले कहिले तर मेरो बेष्ट फ्रेण्डको प्रोमो अगाडी बनाएकै कारण केही महिना अघि प्रशन्न पौडेलको चर्चाको साथमा आलोचना पनि धेरै भयो । यध्यपी उनको प्रयोग उद्योगको लागि नयाँ भैदिदा उनलाई धन्यवाद दिनेको संख्या नै धेरै देखियो । यो त उदाहरण मात्र हो । डिजिटल जमानामा सुटिङ सकिन नपाई पोष्ट प्रोडक्सनको काम निप्ट्याउने चलन बढ्ने क्रममा छोटो समयमा सहज ढङ्गले फिल्म तयार भैदिदा प्रोडक्सनको रफ्तारमा नयाँ आयाम थपिदिएको छ । जसको भिडमा धुवाँ र मञ्जरीको यूनिट पनि देखा परेको छ ।
गणेश देव पाण्डेको निर्देशनमा आउँदो जेठ पहिलो हप्तादेखि फ्लोरमा जाने तयारीमा जुटेको मञ्जरी यूनिटले अहिले दुई नयाँ कलाकार गौरव पहाडी र सुजाता कोईरालाको वर्कसपलाई तिब्रता दिईरहेको छ । जुन तिब्रतामा मञ्जरी यूनिटले फ्लोरमा जान नपाई फिल्मको फष्टलुक पोष्टर रिलिज गरेको छ । यो प्रयोगले सुटिङ सुरू हुँदा देखिनै प्रोमोशनको प्राथमिकतामा ध्यान दिएको प्रष्टिन्छ । फिल्मलाई टुका इन्टरटेन्मेन्टको व्यानरमा नरेश पाण्डे र महेश चालिसेले निर्माण गर्ने छन् ।
यस्तै धुवाँ जसको सुटिङ केही दिन अघि देखि सुरू गरिएको हो । आर्यन स्टार फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । जसको फष्टलुक पोष्टरलाई सार्वजनिक गर्दा प्रोमोशनको परम्परागत शैलीलाई त्यागेको प्रष्टिन्छ । तर यो पोस्टर भने अफिसियल्ली नभई प्रतिक्रियाको लागि बनाएको युनिटको भनाई छ । निशा अधिकारीको समेत अभिनय रहेको यो फिल्मलाई रामप्रसाद रिजालले निर्माण गर्दैछन् ।