
जेठ १२ गतेको रिलिज डेट तोकिएको प्रतिक्षित फिल्म 'मालतीको भट्टी'को शिर्ष गित प्रिमियर गरिएको छ । प्रिमियर गरिएको शिर्ष गीतमा रेखा थापा भट्टी साहुनीको भूमिकामा देखिएकी छिन् । यो गीतमा रेखालाई अन्य फिल्ममा भन्दा पृथक देख्न सकिन्छ ।
रेनाशा राईको कोरियोग्राफी रहेको गीत रचना र संगीत कालिप्रसाद बाँस्कोटाको हो भने स्वर प्रविशा अधिकारीको साथमा भानुभक्त ढकाल र संगीतकार बाँस्कोटा स्वयमको पनि छ । कालिप्रसाद बाँस्कोटाले यसै फिल्मबाट संगीतकारको रूपमा डेब्यू गरेका हुन् ।
काविल फिल्मसका लागि ब्रदर्श ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्मित फिल्मलाई गणेश देव पाण्डेले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन् । रेगुलर मेकरले परिचित प्रदीप उदयको प्रस्तुतीमा निर्मित फिल्मको कथा रेखा, जीवन लुईटेल र नन्दिता केसीको वरिपरी घुमेको बताईएको छ ।
Click here for premiere song : Thapi Deuna Malati...