मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राष्ट्रिय चलचित्र महोत्सव समापन

विष्णु शाही, सुर्खेत, 2012/04/22

चलचित्र विकाश वोर्डले पहिलो पटक मोफसलमा आयोजना गरेका राष्ट्रिय चलचित्र महोत्सव २०६९ आज एक अनौपचारिक कार्यक्रमका विच समापन गरिएको छ । सुर्खेत जिल्ला विकाश समितीको सभाहलमा विकाश वोर्डका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्द, चरित्र अभिनेत्री वसुन्धारा भुसाल, अभिनेता निर शाह, चलचित्र विकाश वोर्डका सदस्य निलहरी काफ्ले, निर्देशक विकाश आचार्य, द्धन्दनिर्देशक राजेन्द्र खड्गी, नायक जिवन लुइटेल, राजवल्लभ कोइराला, नायिका सुमिना घिमिरे, कल्पना शाही, अनु शाह, रागिनी खड्की, निता ढुङगाना, सञ्चारकर्मी नरेश भट्टराई लगायत  राजनितिककर्मी, स्थानिय पत्रकारको सहभागिता रहेको थियो ।  


समापन कार्यक्रममा वोल्दै विकाश वोर्डका अध्यक्ष भण्डारीले सुर्खेतवासिको अपार सहयोग मायाका कारण महोत्सव ऐतिहासिक भएको वताए । महोत्सवले मोफसलका दर्शक र फिल्मको दुरी कम गर्न निकै ठुलो भुमिका खेलेको वताउदै नेपाली फिल्मको विकाशका लागी आफु सधै लागिरहने प्रतिवद्वता समेत गरे । अभिनेता निर शाहले सुर्खेतमा भएको महोत्सवले नेपाली फिल्म र समाज विचको सम्वन्ध कायम गर्नुको साथै मोफसलका कलाकार र राष्ट्रिय कलाकार विचको सम्वन्ध नजिक वनाएको वताए । साथै उनले सुर्खेतमा थुप्रै रमणिय फिल्म सुटिङ स्थल भएको कारण यस तर्फ फिल्मकर्मीको ध्यान जानुपर्ने समेत वताए ।

 

त्यस्तै प्रथम नायिका चन्दले महोत्सव आफुले सोचेको भन्दा निकै स्तरिय भएको वताउदै सुर्खेत वासिले देखाएको माया आफ्नो लागी अविस्मरणिय भएको वताइन् । उनले खस्कदै गरेको नेपाली फिल्मको वजार प्रति दु:ख व्यक्त गर्दै चलचित्रको विकाश गर्नको लागी सवैभन्दा पहिले फिल्मकर्मीको ध्यान जानुपर्ने वताउदै नयाँ पुस्ताको विशेष जिम्मेवारी रहेको समेत वताइन् । सुर्खेत वासिको सहयोग, अपार माया पाएकै कारण महोत्सव भव्यताका साथ सुरुवात भई समापन भएको साथै सुर्खेतवासिले यो महोत्सव आफुहरुका लागी साच्चिकै अविस्मरणिय भएकै कारण आयोजक प्रती कृतज्ञ व्यक्त गरेको स्थानिय प्रचार प्रसार सह संयोजक रमेश कुमार पाण्डेले वताए ।

 

शुक्रवारदेखी चलिरहेको चलचित्र तथा वृतचित्र निर्माण सम्वन्धि कार्यगोष्ठी एघार गते आइतवार सम्म चलेको वोर्डका सदस्य काफ्लेले वताए । गोष्ठीमा देशभरका चालिस भन्दा वढीको सहभागीता रहेको छ । आज नै सुर्खेतको स्थानिय दुइ सिनेमा हल सनी र लक्ष्मि चलचित्र मन्दिरमा वुआन र किसान फिल्म समेत प्रदर्शन गरियो । फिल्म हेर्नका लागी स्थानिय वासिको वाक्लो उपस्थिती समेत रहेको थियो ।