मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

गरिमाको गन्ध आउदैन

फिल्मीखबर, काठमाण्डौ, 2012/04/22

रियल लाईफमा गरिमा पन्त सोझी युवती हुन् जसलाई  एक्लै हिड्न पनि डर लाग्छ र जो पायो त्यहीसंग बोल्ने आट पनि उनीमा छैन । हाल सम्म करिब एक दर्जन फिल्म खेलिसकेकी उनी एकै प्रकृतिको क्यारेक्टरमा देखिरहेकाले होला सायद उनले पर्याप्त परिचित हुने मौका अझै पाएकी छैनन् । तर आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म 'भैहाल्छ नी' मा आफ्नो रियल लाईफका हाऊ भाऊ कही कतै नपाउने उनले दावी गरेकी छिन् ।

रिलिजको सम्पूर्ण तयारी सकिएको विषयमा आईतबार आयोजित प्रेस मिटमा उनले भनिन्, 'यस अघिका मेरा फिल्ममा मेरो ब्यक्तिगत हाऊ भाऊ पनि हुने गर्थे तर यो फिल्ममा कही कतै गरिमाको गन्ध आउदैन । यो फिल्ममा मैले रचनाको क्यारेक्टर गरेको छु जो हिम्मतिली क्यारेक्टरमा छे तसर्थ मैले यो फिल्ममा कलाकारितालाई पूर्ण न्याय गरेको छु ।'

सस्पेन्स रोमान्टिक थ्रील शैली भनिएको भैहाल्छ नीलाई एमएस अग्रजले निर्देशन गरेका हुन् । रिलिज तयारी पूराका सम्बन्धमा उनले भने, 'नयाँ धारका सिनेमाको बहस चलिरहेका बेला यो फिल्म नयाँ र पूरानो धारको फ्यूजन हो ।' ग्रुप डान्सरबाट कोरियोग्राफरको रुपमा जम्दै भैहाल्छ नीबाट प्रोड्यूसरको ट्याग भिरेका दिनेश अधिकारीले सानो मान्छे भएपनि ठूलो आँटले फिल्म बनाएको बताए । उनले डेढ दशकको करिअरमा दर्शकको आँखा पढेर उत्कृष्ट फिल्म बनाएको बताए ।


बैशाख १५ गते देखि देशभरिका ३० वटा थिएटरमा मात्र रिलिज हुने सो फिल्ममा सुमन सिंह, सोनिया केसी,  सुनिल थापा, कमलकृष्ण तथा डेब्यू गर्दै विशाल पोखरेलले हिरोको ट्याग भिरेका छन् । प्रेस मिटमा सोनिया र सुमन उपस्थित थिएनन् तर डेब्यू हिरो विशालले भने, 'बल बुद्धी र विवेकले भ्याएसम्म राम्रो काम गर्ने प्रयास गरेको छु त्यसैले पूर्ण रिजल्ट आउदो शुक्रबार थाहा हुनेछ । '



कार्यक्रममा सुनिल थापा र कमलकृष्णले  फिल्म पढेर आएका निर्देशकसंग काम गर्दा रमाईलो लागेको बताए । यस्तै चलचित्र पत्रकार संघको तर्फबाट अध्यक्ष विदुर गिरीले पछिल्लो समय फिल्म रिलिज समयमा प्रेस मिट गरिने चलन बढे पनि प्रिमियर कल्चर हराएको प्रति सम्पूर्ण फिल्मकर्मीले एक पटक सोच्नु पर्ने बताए । यस्तै  पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रियले भैहाल्छ नी यूनिटलाई सफलताको शुभकामना दिए ।

 

Click here for song :  Hos Hunchha Katai

 

Click here for promo : Bhaihalchha ni