मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

लूट भन्दा राम्रो भने पछि कृषा दंग

फिल्मीखबर, इजरायल, 2012/04/22

शुक्रबार इजरायलको हाहागाना स्थित बारबोर हलमा गरिएको फिल्मको प्रिमियर समारोहमा उपस्थित दर्शकहरूले  'के म तिम्रो साथी बन्न सक्छु' को कथाले छोएपछि मन थाम्न सकेनन् । सबिर श्रेष्ठले निर्देशन गरेको सो फिल्म हेरेर उपस्थित दर्शकहरू रोएनन् मात्र फिल्मको दिल खोलेर प्रशंशा पनि गरे ।

 

कृषा चौलागाईँको निर्माणमा बनेको सो फिल्मका मुख्य पात्र आर्यन सिग्देल र दिप्ती गिरी बिचको प्रेमकथालाई दर्शकले मन पराएका हुन् । दर्शकले त इजरालयमा प्रदर्शन भए यताको सबै भन्दा राम्रो फिल्म भएको प्रतिक्रिया समेत दिए । फिल्मका कलाकारको अभिनय जति बेजोड छ त्यति नै मेकिङ र गीतसंगीत पनि बेजोड रहेको दर्शकको प्रतिक्रिया थियो । आगामी दिनमा पनि यस्तै राम्रा फिल्म हेर्न पाए आफूहरू खुसी हुने इजरायल बासी नेपालीले फिल्मीखबरलाई बताए ।

 

फिल्म प्रिमियरका लागि निर्माता चौलागाईं इजरायल आईपुगेकी थिईन् । दर्शकको राम्रो प्रतिक्रिया पाए पछि कृषा आगामी दिन यो भन्दा राम्रो फिल्म बनाउने प्रतिबद्धता व्यक्त गरिन् । केहि दर्शकले आफ्नो फिल्मलाई बर्ष २०६८ को ब्ल्कबस्टर फिल्म लूट भन्दा राम्रो भएको बताए पछि निर्माता चौलागाईं निकै हर्षित पनि छिन् । उनले भनिन्, 'यति राम्रो प्रशंशा पाउछु जस्तो लागेको थिएन । आज म धेरै खुसी छु । आगामी दिनमा पनि मैले दर्शकको मन जित्ने फिल्म बनाउनेछु ।'

 

इजरायलमा फिल्म प्रदर्शन गरे लग्गतै कृषा मलेशिया र कतार जाने भएकी छिन् । फिल्ममा आर्यन र दिप्तीको साथमा सन्दिप सापकोटा, शिशिर राणा, दिनेश डिसी, कमला रेग्मी, धिरेन शाक्य, दिनेश थापा लगायतको अभिनय रहेको छ ।

 

इजरायलमा भएको प्रिमियरको झलक र दर्शकको प्रतिक्रिया यस्तो छ