मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबिन र बिनिता `फुलस्टप`

फिल्मीखबर, काठमाण्डौ, 2012/04/21

चपली हाईटबाट रातारात चर्चामा आएकी नायिका बिनिता बराल तथा अन्दाज र रावणबाट चर्चामा आएक नायक सबिन श्रेष्ठको अनस्क्रिन रोमान्सलाई देख्न पाईने भएको छ ।

 

रावण डेब्यू निर्देशक कमलकृष्णले भर्खरै मात्र बर्षातको सुटिङ सकेका सबिन र एउटै फिल्मबाट राम्रो हाईट लिएकी बिनितालाई पहिलो पटक एकसाथ काम गराउन लागेका हुन् । केहि दिन अगाडी प्याकअप गरिएको फिल्म बर्षातकै व्यानर माता मनकामना प्रोडक्शनले नै 'फुलस्टप'  निर्माण गर्न लागेको हो । फिल्ममा मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनिज्योती गुभाजुले लगानी गर्नेछन् ।

 

बिनिता र सबिनका अलावा अन्य कलाकार फाईनल भईनसकेको  सस्पेन्स थ्रिल फिल्म 'फुलस्टप' मा निर्देशक कमलकृष्णकै संगीत रहनेछ भने पटकथा तथा संवाद नम्सले लेखेका हुन् । यस्तै फिल्ममा चन्द्र पन्तको द्धन्दनिर्देशन रहनेछ । फिल्मको सुटिङ भने बैशाख अन्तिम साताबाट गरिने भएको छ । सेक्स साईकोलोजी फिल्मकी नायिका र एक्सन फिल्मका नायकको यो 'फुलस्टप' संयोजन कस्तो हुने हो हेर्न बाँकी छ ।