
रेखा थापाको डिभोर्स हल्ला चलिरहेका बेला उनका पति छवि ओझाले आर्यनलाई आफ्नो प्रोजेक्टमा दोहोर्याउने संकेत गरेका छन् । त्यसैले त शुक्रबार 'सो सिम्पल' को मुर्हुत समारोहमा आर्यनलाई अंगालो मार्दै छविले भन्दै थिए, 'अब खेल्नु पर्छ मेरो फिल्ममा ।'
छविको आग्रहमा आर्यनले तत्काल उत्तर दिएनन् तर फेरी छवि भन्दै थिए, 'तिमीलाई अरूले दिएको जति ८ लाख म दिन सक्दिन ।' गडफादर छविले सो प्रस्ताव गर्दा आर्यनले एस नो कुनै उत्तर दिएनन् बरू उल्टै प्रश्न, 'गरे के हो मामु डिभोर्सको हल्ला सुनिराछु नि ? जवाफमा छविले अलि कुनामा लगेर उनलाई भने, 'मोटामोटी यो सहि नै हो तर अहिले म बोलि हाल्दिन ।' त्यतिकैमा आर्यन र छविको केही मिनेट निकै गोप्य बार्ता भयो जुन गफ फिल्मीखबरको कान सम्म आईपुगेन ।
दश बर्ष पश्चात रेखा र छविको सम्बन्धको सफा पानी धमिलिए पछी फिल्म नगरीमा यि जोईपोईको विभिन्न आलोचना पनि हुन थालेका छन् । तर यो पटकको स्टण्ड रिल लाईफ जस्तो नभई रियलनै हुने सम्भावना बढेर गएको छ । छविसंगको सम्बन्धमा धमिलो पना बढेपछी रेखाले आफ्नी आमालाई गाउँदेखि बोलाएर हरेक ठाँउमा डोर्याएर उनी हिड्न थालेकी छिन् । यस्तै आजकाल उनी आफू निकट सञ्चारकर्मी प्रकाश सुवेदीसंग यो बिषयमा विभिन्न सरसल्लाह समेत लिने गरेकी छिन् ।
छविले आउदो जेठ दोस्रो हप्तादेखि नयाँ फिल्म बनाउदैछन् । जसका लागि आर्यनलाई उनले एप्रोच गरेका हुन् । यस अघि छविको तीन फिल्ममा खेलिसकेका आर्यन र रेखाको सम्बन्ध कस्ले चोर्यो मेरो मन खेलिसकेपछी ३६ को आँकडामा परिणत भएको हो । तर रेखासंगको सम्बन्धमा स्वयम छविको ३६ आँकडाको स्थिति आएपछी उनले आर्यनलाई एप्रोच गरेका हुन् भन्ने तर्क पनि गर्न सकिन्छ । छविले निर्माण गर्ने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्मको टाईटल तय गरिसकिएको छैन ।