मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2012/04/21

मुलधारे निर्देशक ऋषि न्यौपाने पनि परिवर्तनको संघारमा रहेका छन् त्यसैले उनले परम्परागत टाईटल ज्वालालाई परिमार्जित गर्दै फिल्मको टाईटल लक जुराएका छन् । एक महिना यता फ्लोरमा रहेको सो फिल्म शनिबार प्याकअप भएको छ ।

ठीक  ३० दिनमा प्याकअप भएको फिल्ममा बेनिषा हमाल र किशोर खतिवडा लिड रोलमा छन् । त्रिशुली नुवाकोट निवासी हरि खनालले पहिलो पटक निर्माण गरेको फिल्मको नाम पहिले ज्वाला राखिएको थियो तर समय सापेक्ष नाम उपयूक्त नरहेको टिप्पणी भएपछी निर्देशक न्यौपानेले स्टोरीमा विभिन्न ट्रीटमेन्ट गर्दै लक टाईटल जुराएका हुन् । 'अहिले सम्म खिचिएका सवै भिजुअलको रफ एडिटिङ भैसकेको छ त्यसैले असार पहिलो हप्ता रिलिज टार्गेट राखेकाले बाँकी एडिट सकेर फिल्म प्रोष्ट प्रोडक्सनमा तिब्र गतिमा अघि बढ्ने छ', अन्तिम सुटिङ क्लव हिमालयमा गरिरहेका बेला निर्देशक न्यौपानले जानकारी गराए ।

शिर्षक सिनेमा ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मित फिल्ममा अनिल थापा, सुरबीर पण्डित र दिनेश शर्मा पनि प्रमुख कलाकारको रुपमा छन्। फिल्ममा रोशन श्रेष्ठको फाईट समावेश गरिएको छ् भने चेतन सापकोटाले संगीत भरेका छन्  । फिल्मलाई गणेश श्रेष्ठले खिचेका हुन् ।