
हिरो मुकेश ढकालका लागि आजको दिन दुई कारणले विशेष हुनेछन् । कारण आज उनको बर्थ डे परेको छ भने आजै आमाको मुख हेर्ने दिन । त्यसैले उनी भन्दै थिए, 'आज बर्थ डे र आमाको मुख हेर्ने दिन संगै परेकाले निकै खुशी छु ।'
३१ बर्ष अघि भोजपुरमा जन्मिएका मुकेश शनिबारदेखि ३२ बसन्तमा प्रवेश गरेका छन् । 'आमाको मुख हेर्ने दिन भएकाले पनि आज घरमा धेरै जना आउनुहुन्छ त्यसैले परिवारका साथ केक काट्दै छु', मुकेशले भने । काठमाण्डू गुहेश्वरी निवासी मुकेशले घर नजिकैको गुहेश्वरी र पशुपति नाथ र चावहिल गणेश थान मन्दिर पुगी यो पेशामा आफ्नो तर्फबाट केही योगदान दिने नयाँ संकल्प पनि गर्न भ्याएका छन् ।
नेपाली रजतपटका सिरियल किशर हिरो मुकेशको अभिनित फिल्म 'प्लान' आउदो जेठ पहिलो हप्तादेखि देशब्यापी रिलिज हुदैछ । जसको प्रोमोशनमा उनी ब्यस्त छन् । यस्तै दुलही डेब्यू डाईरेक्टर बाबुराम ढकालको नयाँ प्रोजेक्टमा पनि उनी अनुबन्धीत भएका छन् । 'टाईटल अहिले नभनौ तर बैशाख २९ गतेदेखि सायद सुटिङ सुरू हुन्छ होला', उनले भने । बर्थ डे परेको अवसरमा मुकेशको फेसबुक भित्ता शुभकामना सन्देशले भरिएको छ र हामी पनि भन्छौ ह्याप्पी बर्थडे मुकेश !