
बजेट कम भएको भन्दै अन्य कलाकारहरूलाई १८ घण्टाको बस यात्राबाट सुर्खेत लगेको चलचित्र बिकास बोर्डले रेखा थापाको आमा र चेतन सापकोटाको बुवालाई भने सरकारी खर्चमा प्लेन चढाएर सुर्खेत लगेको छ । आजबाट सुर्खेतको बिरेन्द्रनगरमा सुरू चलचित्र महोत्सवका लागि बिहान साढे आठ बजे बुद्ध एयरको फ्लाईटबाट अन्य कलाकारको साथमा जन्ती गएझैं रेखाको आमा र चेतनको बुवा सरकारी खर्चमा सुर्खेत गएका हुन् ।
विकास बोर्डका अध्यक्ष गणेश भण्डारी निकट चेतन एक दिन अघि बस मार्फत सुर्खेत पुगीसकेका छन् । तर उनले बिहान एयरपोर्टमा सञ्चारकर्मी नरेश भट्टराईलाई फोनमा बुबालाई केयर गरी संगै लिएर आउन आग्रह गरेका थिए । टोलीमा बार्डको सल्लाहकार समितका सदस्य निर शाह, शैलेश आचार्य, भुवन चन्द र शम्भुजित बाँस्कोटाको साथमा भुवन केसी, करिश्मा मानन्धर, जिवन लुईटेल, राजबल्लभ कोईराला, मदनदास श्रेष्ठ, रागिनी खड्गी, गायिकाद्धय जुना प्रसाई, माण्डवी त्रिपाठी र अर्का सञ्चारकर्मी प्रकाश सुवेदी प्लेन मार्फत गएका हुन् ।
हिरोईन रागिनीले बुबा राजेन्द्र खड्गीलाई बसबाट पठाएर आफू प्लेन मार्फत सुर्खेत गएकी हुन् जो प्लेनबाट जाने लिष्ट भन्दा बाहिरकी थिईन् । यस्तै महोत्सवको लागि जुरीमा छनौट भएका चलचित्रकर्मी राजेश गंगजु र युवा फिल्ममेकर अविनाश विक्रम शाह पनि प्लेनबाटै सुर्खेत गएका छन् । जुन बिषयमा बोर्डले बाँडेको प्लेन टिकट प्रति विभिन्न शंका उत्पन्न भएका छन् । प्लेन टिकट बाँडफाडको जिम्मा निलहरी काफ्लेले लिएका थिए ।
Chetan's father |
![]() |
एक बर्ष अघि देखिको योजनालाई अन्तिम समयमा त्यसमाथि पनि चलचित्रसंग सम्बन्धीत अन्य संघस्थासंग छलफल नगरी हतारमा सुर्खेत महोत्सव गर्दा बोर्डको कार्य शैली प्रति विभिन्न प्रश्न उठिरहेको छ । अर्को तर्फ विकास बोर्ड जो समग्र चलचित्रकर्मीको अविभावक सरह हो उसले नाम चलेका बाहेक अन्य कलाकारलाई महोत्सवमा सहभागी गराउन नसक्नु उसको दोस्रो कमजोरी रहेको छ ।
यस्तै निर्माता संघ बाहेक अन्य संघस्थाले बोर्डले गरेको सुर्खेत महोत्सव प्रति समर्थन नजनाईरहेका बेला अन्तिम समयमा निर्माता संघले समेत सो महोत्सवको बिषयमा तटस्थता देखाईदएको छ । किनकी निजि खर्चबाट प्लेन टिकट काटेर सुर्खेत जान लागेको खबर फिल्मीखबरमा सार्वजनिक भएपछी निर्माता संघका अध्यक्ष राजकुमारलाई विभिन्न संघसंस्थाका प्रतिनिधिले आलोचना गरेका थिए । जसकारण उनले अन्तिम समयमा टिकट क्यान्सील गरी पारिवारिक कारण जनाउदै महोत्सवमा सहभागीता जनाएनन् । जुन बिषयमा फिल्मीखबरले प्रश्न गर्दा राईले नो कमेन्टस भनेका छन् ।
यहाँ को के मा र कसरी सुर्खेत गयो भन्ने हैन । यहाँ बोर्डको काम कारबाही प्रति फिल्मीखबरले खबरदारी गरेको हो । किनकी अधिकाशं फ्यामिलियर अनुहारका फिल्मकर्मी महोत्सवमा नभई सो सिम्पलको मुर्हत समारोहमा देखिएका थिए । तसर्थ बोर्ड अध्यक्ष गणेश भण्डारीले सुर्खेतमा गरेको महोत्सव कुनै राजनैतिक पार्टीले गरेको आमसभा जस्तो भईदिएको छ । बोर्डले स्थानिय निकायसंग मिलेर आफ्नो खाताबाट दश लाख झिकी महोत्सव अयोजना गरेको हो जसको हिसाव किताबको फच्यूर्ट आगामी समाचारमा फलोअपको रूपमा राखिने छ ।