मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 5.00/5.00)
Text size:-
+
-

सेलिब्रेटीका लागि हसनले ल्याए डेड सि प्रोडक्ट

फिल्मीखबर, काठमाण्डौ, 2012/04/19

फेसन टेलिभजन हेर्दा सायद तपाईहरूले याद गर्नु भएको होला विश्वका चर्चित मोडलहरूले एउटा प्रोडक्टको विज्ञापन गरेको जसको प्रयोग स्वयं उनीहरूले पनि गर्ने गरेका छन् । आईएसओ ९००१ सर्टिफाई तथा टेन्थ गोल्डेन अमेरिका अवार्डबाट पुरस्कृत र २३ औँ ईन्टरनेश्नल अवार्ड फर दि वेष्ट ट्रेड नेम जेनेभाबाट समेत पुरस्कृत भएको सामुन्द्रिक ब्यूटि प्रोडक्टकलाई एक्टर हसन खानले नेपाल भित्राएका छन् । '६६ मुलुकका सेलिब्रेटीले यूज गर्ने गरेको यो प्रोडक्ट हाम्रो सेलिब्रेटीले किन युज नगर्ने भन्दै मैले पनि नेपाल भित्र्याएको हुँ', विशालनगर स्थित चण्डोलमा खोलेको सो प्रोडक्टको कार्यालयमा उनले ती प्रोडक्टका विभिन्न आईटम देखाउदै भने ।  

 

जोर्डनमा हेड अफिस रहेको र यूकेबाट उत्पादन हुने सामुन्द्रिक ब्यूटि प्रोडक्टका ३० बढी आईटमलाई हसनले नेपाल भित्र्याएका छन् । 'एकातर्फ यो ब्यावसाय पनि हो र अर्को तर्फ सेलिब्रेटीका लागि मेरो तर्फबाट सेवा पनि । सर्वसाधारण भन्दा सेलिब्रेटीलाई मैले २० पर्सेन्ट छुट दिएर यि प्रोडक्ट सेलिङ पनि गर्दैछु', हसनले भने । मृत सागर (डेड सि) जहाँ कुनै पनि चिज डुब्दैन  र त्यही समुन्द्रमा पाईएका विभिन्न खनिज पर्दाथबाट बनाईएका ब्यूटि प्रोडक्ट अर्न्तगत नेचुरल साल्ट बाथ, नेचुरल ब्ल्याक मड, स्याम्पु एण्ड सावर जेल, साल्ट र मड सोप, एन्टी सेलुलाईट सोप, स्कर्व सोप, डे एण्ड नाईट क्रिम,  मस्टोराईजिङ क्रिम, फेसियल स्क्रब क्रिम, सन स्क्रिन क्रिम, आई क्रिम, ह्याण्ड क्रिम, फुट क्रिम, ह्वाईटिनिङ क्रिम, क्लिजिङ मिल्क, फेसियल टोनर, बढी लोशन लगायतका आईटम उनले भित्राएका छन् ।

 

'ला क्योर डेड सि ईन्टरनेश्नल प्रोडक्ट हो', हसनले दाबी गर्दै भने, 'यहाँबाट लगेका सवै सामानको ग्यारेन्टी छ काम गरेन भने फिर्ता हुनेछ ।' दुई–दुई महिनाको छेकोमा नेपाल कतार गरिरहने उनी सो प्रोडक्टको कन्ट्री डाईरेक्टरको रूपमा कतारमा जागिर पनि खान्छन् । 'फिल्म लाईनमा सक्रिय भएर लाग्ने ईच्छा हुँदाहुँदै पनि जागिर खाईरहेको छु त्यसैले अबको दिनमा यो प्रोडक्टको नेपाल ब्रान्च पूर्ण तयार भएपछी फिल्म र मोडलिङमा अलि बढी समय दिने छु', उनको भनाई थियो ।

 

हसन २००९ नेपालको मिस्टर राजधानी टाईटल जितेर मोडलिङमा प्रवेश गरेका हुन् । त्यसपश्चात उनले केही म्यूजिक भिडियो र भर्खरै रिलिज भएको भूवन केसीको फिल्म साथी म तिम्रोमा छोटो भूमिकामा र रिलिज हुन लागेको फिल्म नाईट क्वीनबाट हिरोको रूपमा डेब्यू गरेका छन् । उनले भित्र्याएको प्रोडक्टको बारेमा थप बुझ्न सम्बन्धित वेवसाईटमा क्लिक गर्नुहोला ।

 

La Cure :  http://www.lacurenepal.com