मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको पूर्व सन्ध्यामा `सायद` को वेबसाइट लञ्च

फिल्मीखबर, काठमाण्डौ, 2012/04/19

नेपाली निर्माताहरूले पब्लिसिटीका लागि भनेर आफ्नो फिल्मको नाममा वेभसाइट बनाउन थालेका छन् । केहि बर्ष यता केहि निर्माताहरूले यो बिषयलाई प्राथमिकतामा राख्न थालेका छन् । यहि क्रममा रिलिजको पूर्व सन्ध्यामा फिल्म 'सायद' को पनि वेबसाइट लञ्च गरिएको छ ।


निकै लामो समय देखि लञ्च गर्ने भनिए पनि निर्माता सुनिल रावलले रिलिजको अन्तिम समयमा आएर वेबसाइट रिलिज गर्नुपरेको बताए । उनले भने, 'प्राबिधिक कारणले गर्दा समयमा रिलिज गर्न सकेनौं । ढिलै भए पनि रिलिज गरिएको छ । आशा छ दर्शकहरूले यसबाट फिल्मको बारेमा सम्पूर्ण जानकारी लिनुहुनेछ ।' फिल्मको बारेमा जानकारी लिन www.saayad.com.np लगअन गर्नु पर्नेछ ।
 

लागुऔषध प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभाव र जेनेरेशन ग्यापको बिषय निर्मित फिल्मलाई सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेका हुन् । यो बर्षको निकै आश गरिएको सो फिल्ममा झरना थापा, सुनिल रावल, संयम पुरी, विल्सन विक्रम राई लगायतले अभिनय गरेका छन् । दुर्गिश फिल्मसले निर्माण गरेको यो फिल्मलाई नेपाल सहित अमेरिका, अष्ट्रेलिया, लण्डन, डेनमार्क लगायतका मुलुकमा पनि रिलिज गरिंदैछ ।

 

निर्देशक सुब्बाकै कथा रहेको सो फिल्ममा स्याडोज व्यान्डको संगीत र संजय लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मको प्रोमो र डेउडा गीत अहिले निकै चर्चामा छन् । अभिनेत्री करिष्मा मानन्धर र अभिनेता बाबु बोगटीको केमियो रहेको सो गीतको करियोग्राफी गोबिन्द राईले गरेका हुन् । गोबिन्दले गोर्खा पल्टन पछिको यो आफ्नो उत्कृष्ट करियोग्राफी समेत भन्न भ्याएका छन् ।

 

Click here for song : Jhumreli Baja

 

Click here for Promo : Saayad