
पालो प्रणाली अनुसार नैना रेश भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा लाग्नु पर्ने हो तर सो फिल्मलाई एक साता पर धकेलेर भोली इकु व्याक अगेनलाई सोलो रिलिज गर्न दिईंदैछ । नेपाली फिल्मसँग सम्बन्धित संघसंस्था र सम्बन्धित चलचित्रका निर्माताहरूको आपसी छलफलमा नैना रेशमलाई १५ गते सारेर इकुलाई सोलो रिलिजको अवसर दिईएको हो ।
नैना रेशम अब १५ गते रिलिज हुने नयाँ फिल्म भैहाल्छ नीसँग व्यवसायिक प्रतिष्पर्धा गर्नेछ । यता १५ गते रिलिज हुने भनिएको फिल्म इकु व्याक अगेनलाई डिसियनले ८ गतेका लागी सारेको हो । स्कुले बिधार्थीलाई क्यास गर्न ईकुलाई ८ गतेका लागि सरेको डिसिएनले बताए पनि बैशाख २९ गते डिसिएनले नै रिलिज गर्न लागेको फिल्म सायदलाई असर नगरोस् भनि एक साता अघि इकु चलाउन लागिएको बुझिएको छ । किनकी सायद माथि अहिले सबैको नजर परेको छ । त्यसैले सो फिल्मलाई सोलो रिलिज गरि कहिंकतैबाट असर नपार्न डिसिएनले कम्मर कसेको छ ।
आफ्नो फिल्म सरेको बिषयमा नैना रेशमका निर्देशक आरबिके शरद भन्छन्, 'चल्नु पर्ने त भोली नै हो तर सबैले १५ गते रिलिज गरे राम्रो हुन्छ भन्नु भो अनि सार्न सहमत भयौं ।' उनका अनुसार १५ गते नैना रेशमले राजधानीका १५ वटा मुख्य हल पाउनेछ । यदि १५ हल पाएन भने आफू जुनसुकै मूल्य चुकाउन पनि तयार हुने निर्देशक शरद बताउँछन् । यता चलचित्र निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले क्यूका फिल्मलाई राहत दिन यस्तो गरिएको बताउँछन् । उनी भन्छन्, 'इकुसँगै रिलिज भएको भए हल थोरै पाउँथ्यो र उसलाई नै घाटा लाग्थ्यो । त्यसैले नैना रेशमलाई फाईदा हुने गरेर नै १५ गतेका लागि सारेका हौं ।'
भोली शुक्रबारबाट रिलिज हुने इकु व्याक अगेन देशभरका ४ दर्जन भन्दा बढि हलमा रिलिज हुनेछ । सुलेमान शंकर (इकु), जया शंकर, थिन्ले लोन्डुप, रवि डंगोल लगायत अभिनित फिल्मलाई सागर लामिछानेले निर्देशन गरेका हुन् । फिल्मका निर्माता इकु र मोहन आले मगर हुन् ।
Click here for song : Dherai Pahile...(Iku Back Again)
Click here for promo : Iku Back Again