
'साथी म तिम्रो' मा उत्कृष्ट अभिनय गरेका कारण चाईल्ड हिरो शिर्षक सापकोटाले थप दुई प्रोजेक्ट पाएका छन् । शिव रेग्मीको निर्देशनमा बैशाख १५ गते देखि फ्लोरमा जाने 'शो सिम्पल' र विकास आचार्यको 'यो मन त मेरो नेपाली हो' मा उनी पुनः देखिदैछन् ।
'एउटा फिल्म खेलेपछी फेरी फिल्म खेल्न मानेको थिएन तर रिलिजको समयमा दर्शकसंगै आफ्नो फिल्म हेरेपछी उसले फेरी खेल्ने ईच्छा गरेको छ त्यसैले यी दुई प्रोजेक्ट हामीले पनि स्वीकारेका छौ', शिर्षकको मम्मी पुजाले भनिन् । संगीतकार चेतन सापकोटाका सुपुत्र शिर्षक 'शो सिम्पल' मा थोरै सिनमा खेल्ने छन् भने 'यो मन त मेरो नेपाली हो' मा सुरू देखि अन्त्य सम्म देखिनेछन् । 'शिव दाईसंग युज टू भएका कारण 'शो सिम्पल' मा खेल्न उ आफैले ईच्छा देखाएको थियो तर विकास दाईको सुरूमा मानेको थिएन अहिले साथीहरूलाई दुई वटा फिल्म खेल्दैछु भन्दै हिड्न थालेको छ', उनको मम्मीले भनिन् ।
जोरपाटीमा रहेको राई स्कुलमा क्लाश वानमा पढ्ने शिर्षकलाई 'साथी म तिम्रो' रिलिजसंगै धेरै स्कुलले आफ्नो स्कुलबाट फ्रिमा पढाईदिने एप्रोच गरेको भन्दै उनको मम्मीले भनिन्, 'पछि सोही स्कूलले टिफिन र ट्यूसन फि समेत फ्रि गर्दै मन्थली फिमा पनि ५० पर्सेन्ट छुट दिएपछी अन्त सारिन ।' राई स्कुल महंगो स्कूल हो जसलाई ईन्डियनहरूले सञ्चालन गरेका हुन् र अधिकाश ईन्डिन सोसाईटीका बालबालिका त्यहाँ पढ्ने गर्छन् ।
भुवन केसीको छठौं फिल्म 'साथी म तिम्रो' गत गत फागुन १९ गते देखि प्रदर्शन भएको थियो जसको बिजनेस विगतका फिल्म भन्दा हुन सकेन तर पनि शिर्षकको सर्वत्र चर्चा भईदिदा भुवन सो चर्चाको क्रेडिट लिन पछि पर्दैनन् ।
साथी म तिम्रोमा शिर्षकले गरेको अभिनयको क्लिप हेर्न लिंकमा क्लिक गर्नुहोला ! Sathi Ma Timro