मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुर्खेतमा कलाकारको जमघट

विष्णु शाही, नेपालगंज, 2012/04/18

मोफसल त्यसमा पनि पश्चिममा फिल्मको सुटिङ वाहेक खासै अन्य समयमा नआउने राष्ट्रिय कलाकारहरु चाडै नै बाक्लो संख्यामा विरेन्द्रनगर, सुर्खेत आउदै छन् । तर यो कुनै चलचित्रको सुटिङको क्रममा नभई राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुनको लागी हो । राष्ट्रिय चलचित्र महोत्सवले यो अवसर मिलाइदिंदा करीव ७० भन्दा वढीको संख्यामा राष्ट्रिय कलाकार, फिल्मकर्मी र सञ्चारकर्मी सुर्खेत आउन लागेका हुन् ।

राष्ट्रिय चलचित्र विकाश वोर्डको आयोजामा पहिलो पटक मोफसलमा वैशाख आठ, नौ र दश गते हुन लागेको यो महोत्सवको तयारी तिव्र गतिमा भैरहेको छ । मञ्च व्यवस्थापन वाहेक अन्य व्यवस्थापनको सम्पुर्ण कार्य अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका निर्देशक गोविन्द कोइरालाले जानकारी गराए । फिल्मीखबरसँग कुरा गर्दै कोईरालाले भने, 'यो महोत्सव सुर्खेत वासिको मात्र नभएर सिंगो देश र फिल्म प्रेमिहरुको पनि हो । त्यसैले यसलाई सभ्य र भव्य वनाउन सवै नेपालीको साथ र सहयोगको अपेक्षा गरेका छौं ।'

 

महोत्सवलाई सफल पार्नका लागी चलचित्र विकाश वोर्डका अध्यक्ष सहितको टोली सुर्खेत आइसकेका छन् । महोत्सवमा चलचित्र फूल, सायद, किसान, मसान, ठेगाना र बुहान गरी छ फिल्म समेत प्रर्दशन गरिने आयोजकले वताएको छ । साथै सुर्खेतको आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास आयोजकले राखेको छ । महोत्सवको पहिलो दिन आठ गते स्थानिय झाँकी सहितको र्‍याली मंगलगडी चोकवाट सुरु गरी वजार परिक्रमा गर्दै घन्टाघर अगाडी रहेको खुलामन्चमा पुग्नेछ र महोत्सवको उदघाटन सञ्चारमन्त्रीले गर्नेछन् । तीन दिन सम्म चल्ले महोत्सवमा पचास हजार भन्दा पनि वढि दर्शक आउने आयोजकले वताएको छ । महोत्सवलाई सुरक्षाको दृष्किोणले सफल पार्न सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा शान्ति सुरक्षा समिति गठन गरिएको छ ।

 

त्यस्तै चलचित्र विकाश बोर्डका सदस्य एंव निर्देशक निलहरी काफ्लेले सुर्खेत नेपाली फिल्मको सम्भावना भएको ठाउँ बताउदै मोफसलका दर्शकले नेपाली फिल्म र कलाकार संग घुलमिल हुन नपाएको अवस्थामा प्रत्यक्ष दर्शकसंग घुलमिल साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले यो महोत्सव सुरु गर्न लागेको वताए । उनले मोफसलमा पहिलो पटक वृहत महोत्सव हुन लागेकोले यो एक ऐतिहासिक हुने समेत दावि गरे । महोत्सवको उद्देश्य मोफसलका दर्शक र फिल्म विचको दुरी कम गर्नु पनि रहेको वताए ।  कलाकार तथा फिल्मकर्मी सहित सञ्चारकर्मीको टोली गाडीबाट भोली बिहान सुर्खेत आउँदैछन् भने प्लेनबाट आउनेहरू ८ गते मात्र सुर्खेत आउनेछन् ।