मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

हराउँदै छ प्रिमियर ट्रेण्ड

फिल्मीखबर, काठमाण्डौ, 2012/04/18

फिल्मको प्रदर्शन पूर्व तामझामका साथ गरिने प्रिमियरको ट्रेण्ड बिस्तारै हराउँदै गएको छ । फिल्मको वर्तमान व्यवसायलाई ध्यानमा राखेर प्रिमियर हराउन थालेको फिल्मीखबरले बिश्लेषण गरेको छ ।

 


केहि समय अगाडी सम्म प्राय फिल्मको प्रिमियर त्यो पनि नभए प्रेश सो तथा फ्यामली शो गर्ने चलन थियो तर अहिले केहि नगरी एकैपटक फिल्म रिलिज गर्ने ट्रेण्डको शुरूवात भएको छ । अपवादको रूपमा केहि फिल्मले प्रिमियर गरे पनि पहिलेको तुलनामा प्रिमियर कम हुँदै गएको यथार्थ हो । यसरी प्रिमियर शो घट्दै जानुका केहि कारणहरूलाई फिल्मीखबरले प्रस्तुत गरेको छ ।

 

पहिलो त लाखौं रूपैंया खर्च गरेर प्रिमियर गर्नुको उपलब्धि निर्माताले पाउन छोडेका छन् । चलचित्रको व्यापार खस्किरहेको अवस्थामा प्रिमियर गरेर खर्च गर्नु भन्दा त्यो रकम पनि बचत हुन्छ भन्ने हेतुले निर्माताहरू यसरी प्रिमियर ट्रेण्डलाई लात हान्दैछन् । प्रिमियरमा सयौं फिल्मकर्मीलाई बिशेष सत्कारका साथ प्रिमियरमा डाक्यो पछि उनीहरूले नै आफ्नै फिल्मको नकारात्मक टिप्पणी गर्ने भएकाले निर्माताहरू प्रिमियरबाट टाढा भाग्न थालेका हुन् । यस्तै सञ्चारकर्मीले फिल्म रिलिजको दुई दिन नबित्दै समिक्षा लेख्न् गरेकाले पनि निर्माता निर्देशकहरू समिक्षाको डरले पनि प्रिमियर नगरी फिल्म रिलिज भएको केहि दिन पछि मात्र प्रेश शो राख्न थालेका छन् ।

 

त्यस्तै कतिले त पैसा जुटाउन नसकेका कारण प्रिमियरबाट टाढा बस्ने गरेका छन् । प्रिमियरमा गर्ने खर्च पब्लिसिटीमा नै लगाउने मनशायले निर्माताहरू यसरी प्रिमियरबाट टाढा बस्ने गरेको हाम्रो ठम्याई हो । यता केहि फिल्मकर्मीहरूले प्रिमियर गर्नुको कारण पनि छ । बिशेषत नयाँ निर्माताहरू नामका लागि प्रिमियर गर्न चाहन्छन् । प्रिमियरमा अधिकांश मिडिया सरिक हुने भएकाले नयाँ निर्माताहरू आफ्नो नाम सबैतिर आउने भएकाले र आफ्नो शक्ति प्रदर्शन गर्न पनि प्रिमियरलाई जोड दिने गरेको पाईन्छ । जो पुराना निर्माता हुन् उनीहरू भने अहिले प्रिमियरबाट टाढा भाग्दै छन् ।

 

 

बर्ष ०६८ लाई फर्केर हेर्ने हो भने जति फिल्मको प्रिमियर भए त्यसमा ९० % नयाँ निर्माताको फिल्म परेको छ । दुलही, के यो माया हो, मेरो लभ स्टोरी, द गेम, मसान, बजार, आई एम सरी, परिचय, मलाई मन पर्‍यो, किन मायामा, आचार्य, फर्कि आउ, ब्रेक फेल सहित केहि थप फिल्मको प्रिमियर भए तर ति अधिकांश फिल्मका निर्माता नयाँ नै हुन् । पुराना भनिएका जति निर्माताले फिल्म बनाए ति मध्ये अधिकांशले प्रिमियरलाई जोड दिएनन् ।

 

यस्तै बर्ष ०६९ को शुरूवातमा रिलिज भएको फिल्म रावण र मृगतृष्णाले पनि प्रिमियर गरेनन् । मृगतृष्णाको सिक्किममा प्रिमियर गरिए पनि नेपालमा भने प्रेश शो समेत भएन । यसैगरी आगामी दिनमा रिलिजको क्रममा रहेका फिल्मका अधिकांश निर्माताहरू प्रिमियरको मुडमा छैनन् । त्यसैले अबका दिनमा फिल्मको प्रिमियर नै भएन भने पनि अचम्म मान्नु पर्दैन ।