Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र निशा सौराहमा धुँवा उडाउँदै

फिल्मीखबर, चितवन, 2012/04/18

सोमबारबाट चितवनको सौराहमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री निशा अधिकारीले धुँवा उडाउन थालेका छन् । अर्थात आईतवार मुहुर्त गरि सोमबारबाट लागूऔषधको बिषयमा 'धुँवा' नामको फिल्मको सुटिङ शुरू गरिएको छ जसमा आर्यन निशा केन्द्रिय पात्रको रूपमा अभिनय गर्दैछन् ।

 

लागूऔषधमा फस्नुको कारण र त्यसले समाज र व्यक्तिगत जीवनमा पार्ने नकारात्मक प्रभावलाई देखाउन खोजिएको सो फिल्मलाई युवानिर्देशक लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । लक्ष्मणकै कथा रहेको सो फिल्मलाई उनकै दाजु रामप्रसाद रिजालले निर्माणमा सहयोग गरिरहेका छन् । फस्टलभ पछि स्क्रिनमा एकसाथ नदेखिएको यो जोडीलाई लक्ष्मणले देखाउने प्रयास गरेका हुन् । यसअघि आर्यनले 'ब्ल्याक मेल' मा निशासँग काम नगर्ने बताएका कारण सो फिल्मबाट निशालाई पनि राखिएको थिएन । तर अहिले भने यो जोडी अनस्क्रिन रोमान्सका लागि राजि भएको छ ।

 

यसअघि लागूऔषधको बिषयमा 'वान डे' र शहरिया डनहरूको कथामा 'कसम' निर्देशन गरेका लक्ष्मणले कथा सुहाउँदो आर्यन र निशा फिट हुने भएकाले उनीहरूलाई लिएको बताए । फिल्ममा लागूऔषधको बिषयको साथमा प्रेमका आरोह अवरोहलाई पनि प्रस्तुत गरिने निर्देशक रिजालको भनाई छ । लोचन घिमिरेको संगीत, रामेश्वर कार्कीको छायाँकन तथा अष्ट महर्जनको द्धन्दनिर्देशन रहेको सो फिल्मको अधिकांश भागको छायाँकन चितवन र आसपासका क्षेत्रमा गरिने बताईएको छ ।