मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

डान्स बारका युवतीको `नाईट क्विन`

फिल्मीखबर, काठमाण्डौ, 2012/04/18

डान्स बारमा काम गर्ने युवतीहरुको कथालाई चित्रण गरिएको फिल्म 'नाईट क्विन' जेष्ठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । नेपाली युवतीहरू डान्स बार रहरले मात्र हैन बाध्यताले पनि जान्छन् भन्ने कथालाई फिल्मले उठान गरेको छ ।

 

सेन्सर बोर्डले वयस्क फिल्मको प्रमाण पत्र दिएको 'नाईट क्विन' लाई आरबि खत्री 'शरद' ले निर्देशन गरेका हुन् भने निर्माता बिबि बुढाथोकी 'नबिन' हुन् । फिल्ममा महानायक राजेश हमालले बार गर्लको बारेमा रिसर्च गर्दै नाईट क्विन पुस्तकको लेखकको भुमिका निर्वाह गरेका छन् भने कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल नाईट क्विनका मुख्य महिला पात्र हुन् । यस्तै फिल्ममा हसन खान, शान्ति गिरी, निर्मल सेन्चुरीको पनि अभिनय रहेको छ ।

 

कुमार बखतीको छायांकन, गोविन्द राई तथा पूनम राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्धन्द निर्देशन रहेको फिल्मको प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा फिल्म यथार्थ घटनामा आधारित रहेको उल्लेख गरिएको छ । फिल्म ननस्टप क्रियशनको व्यानरमा निर्माण भएको हो ।

 

Click here for promo : Night Queen