मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(28 votes, avg 5.00/5.00)
Text size:-
+
-

सफा र सुन्दर शहरको अभियानमा `भैहाल्छ नी`

फिल्मीखबर , काठमाण्डौ, 2012/04/17

बैशाख १५ गते सार्वजनिक हुन लागेको फिल्म 'भैहाल्छ नी' सफा र सुन्दर शहरको अभियानमा लाग्ने भएको छ । काठमाण्डौ शहरलाई सफा राख्नु पर्छ भन्ने हेतुले फिल्म युनिटले शहरको कुनै पनि कुनामा आफ्नो फिल्मको पोस्टर नटाँस्ने भएको छ ।

 

'एकातर्फ महानगरपालिकाले पोस्टर टाँस्न नदिने अर्को तर्फ टाँसिएको पोस्टरले शहर फोहोर बनाउने त्यसैले हामी आफ्नो फिल्मको पोस्टर भित्ता भित्तामा टाँसेर शहर फोहोर बनाउन लाग्ने छैनौं', निर्देशम एमएस अग्रजले फिल्मीखबरलाई बताए । मानिसले सधैं सकारात्मक सोच राख्नु पर्छ भन्ने सन्देशका साथ निर्माण भएको सो फिल्मको पब्लिसिटीको रूपमा शहरमा फ्लेक्स भने लगाईने छ । शहरका मुख्य मुख्य स्थानमा ठूला साना गरि २०० भन्दा बढि फ्लेक्स राखिने निर्देशक अग्रजले जानकारी दिए ।

 

नेपाली समाजको राम्रा नराम्रा रूपरंगलाई यथार्थ ढंगले चित्रण गरिएको भनिएको फिल्म 'भैहाल्छ नी' को देशका बिभिन्न कुनामा च्यारिटी भईरहेको छ । द्वन्द पिडित तथा अनाथ बालबालिकाको सहयोगार्थ फिल्मको च्यारिटी गरिंदै आएको अग्रज बताउँछन् । कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा आरके पाण्डे र दिनेश अधिकारीले निर्माण गरेको सो फिल्ममा सुमन सिंह, गरिमा पन्त, नवनायक विशाल पोखरेल, सोनिया केसी, सुनील थापा, अशान्त शर्मा, सुवास कार्की, कमलकृष्ण लगायतले अभिनय गरेका छन् ।

 

Click here for song :  Mero Choli Ni Chhoto Bhayo

 

Click here for promo :  Bhaihalchha Ni