मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संगीतकार सुरेश अधिकारी फिल्म निर्देशनमा डेब्यू

फिल्मीखबर , काठमाण्डौ, 2012/04/17

२०५८ सालमा माया नमार फिल्मबाट म्यूजिसियनमा डेब्यू गरेका सुरेश अधिकारीले फिल्म निर्देशनमा डेब्यू गर्दैछन् । यस अघि 'तिमी मेरो म तिम्रो' फिल्मबाट प्रोड्यूसरको समेत ट्याग भिरिसकेका अधिकारीले जेठको अन्तिम सातावाट आफ्नो निर्देशनमा कमेडी फिल्म आईडिया बनाउँदैछन् । उनले गत चैत्र ३० गते चलचित्र बिकास बोर्डमा फिल्म दर्ता समेत गरिसकेका छन् ।

 

'निर्देशन गर्ने रहर त थिएन तर क्रिएटिभ काममा कसैकसैले मनको भित्री ईच्छाको तारलाई हल्लाई दिएकाले अब डाईरेक्सनमा जम्प गर्दैछु', अधिकारीले भने । उनलाई जीवन पौडेल  र सुधिर पाण्डेले फिल्म निर्माणमा सहयोग गर्नेछन् । 'फिल्म पूर्ण रूपमा कमेडी शैलीको हुनेछ', दिनेश न्यौपानेले तयार गरेको स्क्रिप्टमा केन्द्रित रहेर अधिकारीले भने । म्यूजिसियन मान्छे डाईरेक्सनमा डेब्यू आफ्नो फिल्ममा पनि आफैले म्यूजिक दिने त होला नि ! भन्ने जिज्ञासामा अधिकारीले भने, 'काष्ट फाईनल गरिएको छैन त्यसैले म्यूजिकको बिषयमा अहिले भन्न सक्दिन हेरौं म आफैले पनि गर्न सक्छु वा नयाँलाई पनि चान्स दिन सक्छु ।' 

सेलेक्टेड फिल्ममा मात्र म्यूजिक दिने अधिकारीले केही दिनमा फिल्म निर्देशनमा जम्प गर्ने बिषयमा अफिशियल एनाउन्स गर्दैछन् । यस्तै माया नमार जुन फिल्मलाई रमित ढुङ्गानाले निर्माण गरेका थिए सोही फिल्मबाट यो क्षेत्रमा पाईला बढाएका अधिकारीले रमितले निर्माण गर्न लागेको मेघा प्रोजेक्टको नयाँ फिल्म 'बुद्ध बर्न ईन नेपाल' लाई पनि निर्देशन गर्ने पक्का भएको छ । यो बिषयमा उनले भने, 'मलाई जुन ब्यानर (एसके फिल्मस) ले म्यूजिसियनमा डेब्यू गराएको हो उसैले आफ्नो अर्को प्रोजेक्टमा निर्देशकको रूपमा पत्याएकाले खुशी लागेको छ । सोही अनुरूप मैले विभिन्न होमवर्क पनि गरिरहेको छु ।'

 

संगीतको क्षेत्रमा आफ्नो स्थान बलियो बनाईसकेका सुरेश गायक तथा राम्रो गीतकार पनि हुन् । उनले थुप्रै हिट गीत पनि लेखेका छन् । फिल्म निर्देशनमा डेब्यू गर्न लागेका सुरेशले कस्तो छलाङ मार्ने हुन् हेर्न बाँकी छ ।