मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आगमन टोली फिर्ता

फिल्मीखबर, काठमाण्डौ, 2012/04/17

दुई हप्ते सेडुवल बनाएर थाईल्याण्ड गएको आगमन टोली स्वदेश फर्किएको छ । १२ दिन सम्म थाईल्याण्डको पटाया र बैङककमा सुटिङ भएको फिल्ममा सुवास थापा, सुष्मा कार्की अस्मिता कडेल सहित १० सदस्य जना रहेका  थिए  । 'सोचे भन्दा राम्रो सुटिङ भयो अबको पार्ट नेपालमा हुनेछ', हिरो सुवासले जानकारी गराए ।

यस्तै पूरा यूनिट फर्किनु केही दिन अघिनै फर्किसकेकी सुष्माले लुम्बिनीबाट फोनमा कुरा गर्दै भनिन्, 'थाईल्याण्ड पार्टमा मेरो सिन थोरै भए पनि सो यूनिटसंग काम गर्दा निकै रमाईलो भयो ।' सुदर्शन थापासंग ब्रेकअप पश्चात सिङग्ल रहेकी सुष्मा नयाँ ब्यायफ्रेण्डका साथ लुम्बिनी घुम्न निस्किएकी हुन् ।  नयाँ ब्यायफ्रेण्ड को हुन् भन्ने प्रश्नमा उनले तत्काल सार्वजनिक नगर्ने बताईन् ।


फिल्मलाई थाईल्याण्डमै बस्ने नेपाली जगदिश्वर थापाले डेब्यू गर्दै निर्देशन गरेका हुन् । 'थाई फिल्म बोर्डले दिने सम्पूर्ण सर्टिफिकेट लिएर जगदिश्वर जी पर्सी शुक्रबार नेपाल आउदै हुनुहुन्छ अनि रफतारमा सुटिङ अघि बढ्ने छ', सुवासले जानकारी गराए । फिल्म बर्तमान अवस्थामा पोलिटिकल सिनारियोका कारण पर्न गएका विभिन्न असरसंग केन्द्रित रहेको बताईएको छ । जसमा अस्वस्थ राजनीतिको प्रभावले मायालाई पनि छाडेको छैन भन्ने मेन लाईन स्टोरी रहेको बताईएको छ । फिल्मलाई साईन मुभीले निर्माण गरेको  हो ।

 

टोलीले नयाँबर्ष  २०६९  समेत मनाएको भिडियो प्राप्त भएको छ  ।