एउटै समयमा सुटिङ शुरू गरि एकै दिन इण्डक्ल्याप गरिएको दुई फिल्म 'थ्री लभर्स' र 'फेसबुक' को रिलिज डेट पनि एउटै हुने भएको छ । नरेन्द्र महर्जनले वितरणको जिम्मा लिएको 'थ्री लभर्स' साउन १२ गते रिलिज हुने तयारीमा छ भने वितरक फाईलन नगरिएको 'फेसबुक' लाई निर्माता सुनिल कुमार थापाले साउन १५ गते रिलिज गर्ने तयारी गरेका छन् ।
वितरक महर्जनले 'थ्री लभर्स' को डेट साउन १२ नै फाईनल भईसकेको बताउँदै फेसबुकको समय मिलाउने बताए । उनले भने, 'त्यो फिल्मको वितरण पनि मैले गर्ने कुरा छ त्यसैले निर्मातासँग मिटिङ बसेर हामीले डेट मिलाउँछौ ।' यदि कुरा मिलेन र सँगै रिलिज भए भने पनि अचम्म मान्नु पर्दैन किनकी यि दुई फिल्म एकैसाथ जुध्ने ग्रह बोकेर आए जस्तो छ जसको उदाहरण सुटिङ र पोष्ट प्रोडक्सनले देखाई सकेको छ ।
अर्को संयोग यो छ कि दुबै फिल्मका अधिकांश अनुहार नयाँ छन् भने निर्देशकका यि दुबै फिल्म पाचौं प्रोजेक्ट हुन् । थ्री लभर्सका निर्देशक सुरेश दर्पणले यसअघि ४ वटा फिल्म निर्देशन गरिसकेका छन् भने फेसबुकका निर्देशक सुरज सुब्बाले पनि यसअघि ४ वटा फिल्म निर्देशन गरिसकेका छन् । भलै सुब्बाका दुई फिल्मको नामले चर्चा पाउन सकेनन् तर बाटो मुनिको फूल र सायद उनका चर्चित प्रोजेक्ट हुन् । यस्तै सुरेशले पहिलो फिल्म निशाना थियो भने मिस यू ०६८ को फाल्गुन महिनामा रिलिज भएको फिल्म हो ।
.jpg)
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठले निर्माण गरेको 'थ्री लभर्स' मा निरज बराल, प्रियंका कार्की, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको मुख्य भुमिका रहेको छ । यस्तै सुनिल कुमार थापाले निर्माण गरेको 'फेसबुक' मा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुनिल थापा, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मानसिंह कुवँर, सुमन गैरे, मतिन खान, अभिमन्यू केसी 'केडी', राजकुमार बिष्ट, धिरेन्द्र चन्द लगायतले अभिनय गरेका छन् । यि दुबै सस्पेन्स थ्रील फिल्म हुन् ।
3 Lovers


