
२०६८ सालको अन्त्य तिर मात्र नेपाली फिल्म इन्डट्रीले व्यापारिक सफलता हात पार्यो । तर ०६९ को शुरूवात मै नेपाली फिल्महरूले व्यापारिक सफलता हात पार्ने अनुमान लगाईएको छ ।
बर्ष ०६८ को अन्तिम समयमा रिलिज भएको रावण र बर्ष ०६९ को शुरूवातमा रिलिज भएको मृगतृष्णाले केहि आश जगाएको छ । यसैगरी बैशाख ८ गते रिलिज हुने फिल्म 'इकु' ले कस्तो व्यापार गर्ने हो यकिनका साथ भन्न सक्ने अवस्था त छैन तर इकुको पहिलो भाग सफल भएकाले सिक्वेल पनि सफल हुने अनुमान लगाईएको छ । यस्तै बैशाखको अन्तिम साता अर्थात २९ गते रिलिज हुन लागेको फिल्म सायद माथी त उधोगले नै आश गरेको छ । मुख्य कास्ट सबै नयाँ भए पनि फिल्म राम्रो चल्ने धेरैको अनुमान छ ।
सायद चल्न सक्ने आधारहरू थुप्रै छन् । पहिलो त बाटो मुनिको फूलबाट चर्चा पाएका निर्देशक सुरज सुब्बाको प्रोजेक्ट, दोस्रो युवापुस्ता लक्षित कथाबस्तु, तेस्रो मेकिङमा नयाँ पन, चौंथो ट्रायल शो पछि आएको प्रतिक्रिया, पाचौं मिडियाको सकारात्मक सन्देश अनि छैठौं डायस्पोरमा यसको चर्चा । यि आधार नै फलिफाप हुन्छ भन्न सकिन्न तर पनि यो फिल्ममाथि आश भने गरिएको यथार्थ हो ।
नेपाल सहित बिश्वका केहि मुलुकमा एकसाथ रिलिजको तयारी रहेको फिल्म सायदले जेनेरेशन ग्यापको बिषयको साथमा अहिलेका युवाहरूको लागुऔषध प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभाव र यौनको बिषयलाई उठान गरेको छ । फिल्ममा झरना थापा बाहेक मुख्य सबै पात्र नयाँ अनुहार छन् । सुनिल रावल, संयम पुरी यसै फिल्मबाट डेब्यू गरेका नायक हुन् । साथमा विल्सन विक्रम राई, किशोर सम्वाहम्फे, अनिता दाहाल, अराज केशब, ऋतिका लामा, दिनेश रावल, गोपाल यक्तेन लगायतका नयाँ अनुहारले अभिनय गरेका छन् ।
दुर्गिश फिल्मसले निर्माण गरेको यो फिल्म यसअघि कोरिया, इजरायलमा प्रिमियर भईसकेको छ भने यहि महिनामा नेपाल सहित अमेरिका, अष्ट्रेलिया, लण्डन, डेनमार्क लगायतका मुलुकमा रिलिज हुँदैछ । निर्देशक सुब्बाकै कथा रहेको सो फिल्ममा स्याडोज व्यान्डको संगीत र संजय लामाको सिनेमाटोग्राफी रहेको छ ।
Click here for Promo: Saayad